दुई रेडपाण्डा मृत अवस्थामा फेला
शुक्रबार, ११ मङ्सिर २०७२, १६ : २७
इलाम–इलामको जमुना–५ र ७ मा पर्ने हिले सामुदायिक वन क्षेत्रमा विश्वमै दुर्लभ मानिएको दुई वटा रेडपाण्डा शुक्रवार मृत अवस्थामा भेटिएका छन् । आहाराको रुपमा रहेको मालिङ्गो खान नपाएर ती रेडपाण्डा मरेको आशङ्का गरिएपनि पुष्टि हुन सकेको छैन ।
करिव ६ र ७ महिना उमेर पुगेका ती मृत रेडपाण्डा बोकेर सामुदायिक वनका अध्यक्ष पासाङ शेर्पा मृत्युको संभावित कारण पत्ता लगाउन सदरमुकाम आउनुभएको छ । ती रेडपाण्डाको प्रयोगशाला परीक्षणका लागि जिल्ला पशुसेवा कार्यालयमा लगिएको थियो ।
पशुसेवाका प्राविधिज्ञहरूले रेडपाण्डाको मृत्युको कारण पत्ता लगाउन नसकेपछि नमुना सङ्कलन गरेर पुनः जिल्ला वन कार्यालय पठाइएको पशुविकास अधिकृत ध्रुवकुमार यादवले बताए ।
मरेका रेडपाण्डा भाले र पोथी छन् । दुर्लभ वन्यजन्तुको सूचीमा रहेका रेडपाण्डा जमुनाको चोयाटार, हाँगेथामलगायत जिल्लाका विभिन्न स्थानमा पाइन्छ ।
लजालु र सोझो प्रकृतिका रेडपाण्डाको संरक्षण गर्न यहाँका सङ्घसंस्थाले सात गाविसमा वन अभिभावक नियुक्ति गरेर नियमित अनुगमन र निगरानी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण