प्रहरीको सुरक्षा घेराभित्र रहेर लिम्बुवानका ४१ जना कार्यकर्ताद्वारा कार्यक्रम संचालन
शुक्रबार, ११ मङ्सिर २०७२, १६ : ४७
इटहरी–संविधानको विरोध गर्दै आएका मधेसी मोर्चासहितको संघीय गठबन्धनले इटहरीमा गर्न लागेको विरोध सभामा नेताहरु नआएपछि लिम्बुवानका कार्यकर्ताको सानो समूहले प्रहरीको सुरक्षा घेराभित्र रहेर कार्यक्रम सुरु गरेको छ । ४१ जनाको समूहले कार्यक्रम संचालन गरेका हुन् ।
करिब डेढ सयको हाराहारीमा प्रहरी तैनाथ गरिएको छ । विरोध गर्नेहरुलाई प्रहरीले कार्यक्रमस्थलतर्फ जान दिएको छैन । इटहरी विरोधवासीहरु भने दश हजारभन्दा बढि रहेका छन् ।
कार्यक्रमको लागि तयार गरेको मञ्च बिहानै विद्यार्थी संगठनले आगजानी गरी जलाइदिएपछि नेताहरु आउन नसकेका हुन् ।
आज इटहरीमा उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुरलगायतका नेताहरुले आमसभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादव विराटनगरमा र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सप्तरीमै छन् । उनीहरु नआएपछि लिम्बुवानका कार्यकर्ताहरुले कार्यक्रम सुरु गरका हुन् ।
यो पनि पढ्नुहोला
जिउँदै मान्छे जलाउनेलाई इटहरी प्रवेश गर्न नदिने भनेपछि उपेन्द्र यादव कार्यक्रममा आउने नआउने अन्यौलमा
इटहरी घटनाबारे उपेन्द्रको प्रतिक्रिया : सरकारी योजनामा एमाले कार्यकर्ता परिचालन भयो
गठबन्धनको विरोधसभाले इटहरीमा तनावः विद्यार्थी संगठनद्वारा स्टेजमा आगजनी, सुरक्षा व्यवस्था कडा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण