पोखरामा यात्रुसँग बढी भाडा असुल्ने ३४ सवारी साधन कारवाहीमा
पोखरा–पोखरामा यात्रुसँग बढी भाडा असुल्ने ३४ वटा सवारी साधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले लेखनाथको गोगन गौंडा, सिद्धार्थ राजमार्ग, हेमजा, अमरसिंह चोक र प्रस्र्याङ चोकमा गरेको चेक जाँचका क्रममा ति सवारी साधनहरु कारवाहीमा परेका हुन् ।
भारतको अघोषित नाकावन्दीको फाईदा उठाउँदै व्ल्याकमा इन्धन हालेको भन्दै ति सवारी साधनहरुले यात्रुबाट बढी भाडा लिँदै आएका थिए । कार्यालयले विहीवारसम्म ५५ हजार ५ सय रुपैयाँ यात्रुलाई फिर्ता गरेको ट्राफिक प्रहरी निरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
यात्रुले बसमा ठगिएको भन्दै निवेदन दिने बित्तिकै त्यस्ता सवारी साधनमाथि कारबाही सुरु गरिने अर्यालले बताएका छन् ।
पछिल्लो सयममा पोखरामा वढी भाडा लिएको भन्ने गुनासो कम आएको बताउँदै अर्यालले गुनासो आएमा ठाँउको ठाउँ कारवाही गरिने बताएका छन् ।
यता पोखरा नगरमा चल्ने सवारी साधनहरुले बढी भाडा लिएको गुनासो आएपछि पोखरा बस व्यवसायी समितिले बढी भाडा नलिन समितिका ७ वटा काउण्टरमा सर्कुलर जारी गरेपछि पोखरा नगरमा पनि बढी भाडा असुल्नेहरुको हर्कत कम भएको छ ।
अझै कही कतै बढी भाडा लिएको गुनासो आएपनि त्यसलाई तत्काल नियन्त्रण गर्न आम उपभोक्ताहरुले सरोकारवालाहरु सँग आग्रह गरेका छन् ।
“पोखरामा चल्ने नगरवसहरुले दशैं तिहारमा बढी भाडा लिएर यात्रुलाई दुःख दिएको कुरा सत्य हो, तर अहिले सवैलाई सचेत बनाईएकोले भाडा ठिक ठाँउमा आएको छ”–पोखरा वसका कानूनी सल्लाहकार अधिवक्ता जीवन पौडेलले भने ।
पोखरा वस व्यवसायी समिति अन्तर्गत पोखरामा अहिले २ सय ५१ वटा साना ठूला नगरवसहरु संञ्चालन हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण