भारतले उपहारस्वरुप नेपालीको घाँटी निमोठ्यो : नेता नेपाल
उदयपुर–नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले परापूर्व कालदेखिको छिमेकी देश भएर पनि भारतले अमानवीय तरिकाले नेपालको घाँटी निमोठेको बताएका छन् ।
पूर्वको सुनसरीको चतरा–उदयपुर–कटारी–सिन्धुली हुँदै राजधानी काठमाडौं जोड्ने वैकल्पिक राजमार्गको अनुगमन गर्न आज उदयपुर आइपुगेका नेता नेपालले प्रेस चौतारी उदयपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले भने – “अहिले नेपालीले राम्रो संविधान बनाएबापत घनिष्ट मित्र भनिने छिमेकी भारतले उपहारस्वरुप घाँटी निमोठेको छ । यो नै सबैभन्दा ठूलो विडम्बना हो ।”
आफुहरु हिन्दूहरु भएको दाबा गर्ने भारतीय सरकारले अधिकांश हिन्दू नेपाली बसोबास गरेको नेपालमा सीमा नाका बन्द गरेर आर्थिक रुपमा घाँटी निमोठेको नेता नेपालको भनाइ थियो ।
नेता नेपालले भने– “अहिले नेपालमा सबैले संविधानमा बराबरी अधिकार पाए पनि सबैभन्दा बढी अधिकार मधेसीले पाएका छन् । छुट्टै मधेस प्रदेश पनि मधेसीले नै पाएका छन् ।”
अहिले संयुक्त मधेसी मोर्चाले आन्दोलन छाडेर वार्ताबाट समस्याको समाधान खोज्न पहल गर्नुपर्नेमा नेता नेपालको जोड थियो ।
वर्तमान संविधानमा केही कमजोरी रहेको भए संविधान संशोधनबाट त्यसलाई सच्याउन सकिने नेता नेपालले बताए ।
आन्दोलनका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भइआएकाले अब सुनसरीको चतरा हुँदै उदयपुर, सिन्धुली भएर राजधानी काठमाडौं जोड्ने वैकल्पिक राजमार्गको स्तरोन्नति गर्न सरकारले तुरुन्त पहल गर्नुपर्ने पनि नेता नेपालले बताए ।
यसका लागि आफुसहितका टोलीले अहिले वैकल्पिक राजमार्गको संयुक्त अनुगमन तथा अध्ययन गरेको र काठमाडौँ फर्केर सरकारलाई तुरुन्त यसको सुधारका लागि ध्यान आकर्षण गर्ने पनि नेता नेपालले जानकारी दिए ।
उनले वर्तमान सरकारलाई खुलेर सहयोग गर्न पनि प्रतिपक्ष दल नेपाली काँग्रेससँग अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण