राजधानीको सुन्धारामा गोली चल्यो, भूमिगत समूहका छोटेलाल ठाकुर घाइते
आइतबार, १३ मङ्सिर २०७२, ०८ : २०
काठमाडौं – राजधानीको सुन्धारामा आइतबार बिहानै गोली चलेको छ । भूमीगत समूहका छोटेलाल ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै फायरिङ गर्न खोजेपछि प्रहरीले ठाकुरलाई गोली हानेर निन्त्रणमा लिएको हो ।
प्रहरी माथि आक्रमण प्रयास भए पछि प्रहरीले गोली हानेर ठाकुरलाई नियन्त्रणमा लिएको छ । ठाकुरले गोली हान्ने प्रयास गरेपछि प्रहरीले हानेको गोली लागेर घाइते भएका ठाकुरको अहिले वीर अस्पतालमा उपचार भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । ठाकुरको घुँडामुनि दुई गोली लागेको छ ।
प्रहरीले ठाकुरबाट नेपाल प्रहरीको लोगो टाँस भएको एउटा चाइनिज पेस्तोल र अर्को एक थान कटुवा बन्दुक बरामद भएको जनाएको छ । प्रहरीले ठाकुरसँगै रहेका राजकुमार पट्टेललाई नियन्त्रणमा लिएको छ । तराईमा सक्रिय भूमिगत समूहमा संलग्न भएको बताइएको छ । उनी केही समयअघि रौतहटको प्रहरी हिरासतबाट प्रहरीको एसएलआर राइफल खोसेर भागेका थिए । उनी प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण