आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

हतियारसहित नेपाल प्रवेश गरेका एसएसबीका १३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

आइतबार, १३ मङ्सिर २०७२, ०९ : १९
आइतबार, १३ मङ्सिर २०७२
काठमाडौं – नेपाल प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)का १३ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको केचना नाकाबाट नेपाल छिरेका उनीहरुलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । हतियारसहित नेपाल प्रवेश गरेका उनीहरुलाई नियन्त्रणमा लिएर केचनामा रहेको सशस्त्र प्रहरीको बेसक्याम्पमा राखिएको छ । कसरी, किन एसएसबी टोली नेपाल प्रवेश गर्यो भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले रातोपाटीलाई बताए । उनले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप