आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

विप्लव माओवादीले ट्रक जलायो

आइतबार, १३ मङ्सिर २०७२, १० : ५५
आइतबार, १३ मङ्सिर २०७२

रौतहट– बन्दको अबज्ञा गरेको भन्दै नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओबादीका कार्यकर्ताले आज बिहान रौतहटमा एउटा ट्रकमा आगजनी गरेका छन् ।

सुनसरीको चतरा बाट बाँस लिएर काठमाण्डौ तर्फ जादै गरेको ना २ ख ९७६४ नम्बरको ट्रक लाई पुर्ब पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिकाको जङ्गलक्षेत्रमा आगजनी गरेका हुन् । आगजनी बाट ट्रक पुर्णरुपमा क्षतीग्रस्त भएको छ । चन्द्रनिगाहपुर भन्दा ३ किलोमिटर पुर्बको जङ्गलक्षेत्रमा शौच गर्न ट्रक रोकेको बेला चार जनाको समुहमा आएका माओबादी कार्यकर्ताले ट्रकमा आगजनी गरेका थिए । ट्रक चालक बलराम गौतमले ट्रकमा पेट्रोल छर्केर आगजनी गरेपछि उनीहरु जङ्गलतर्फ फरार भएको बताएका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएस्पी मनोज कुमार यादबले आगजनी घटनाको बिषयमा अनुसन्धान तथा अभियुक्तको खोजी गरीरहेको बताए ।

यसै बिच बिहानै देखी पुर्वपश्चिम राजमार्गमा यातायात सुचारु रहेपनी आगलागीको घटना पछी सवारीसाधनको संख्या घटेको छ । चन्द्रनिगाहपुर बाट दैनिक काठमाण्डौ सम्म चल्ने टाटा सुमो सेवासमेत प्रभावित भएका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप