किरात गणराज्यको माग गर्दै गोपाल किरातीले बुझाए प्रचण्डलाई ज्ञापनपत्र
काठमाडौं– एमाओवादी नेता तथा किरात गणराज्य अभियान गोपाल किरातीले किरात गणराज्य निर्माणमा पहल गर्न आग्रह गर्दै पार्टी अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । संविधान संसोधन प्रक्रियामा स्वायत्त किरात गणराज्यनिर्माणको कार्यसूचिलाई अनिवार्य समावेशगरी किराती जनता विरुद्ध उत्पीडन अन्त्यको ऐतिहासिक कदम उठाउन उनले ज्ञापनपत्रमार्फत आग्रह गरेका छन् । ‘संविधानको कम्जोरी सच्याएर थरुवान—मधेशलगायतको जायजमाग संबोधन गरी देशको संकट निवारण गर्ने सम्बन्धीउच्चस्तरीय राजनीतिक संयन्त्रले गरिरहेको पहल स्वागतयोग्य छ ’, किरातीले प्रचण्डलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘ त्यस संयन्त्रको संविधान संसोधनप्रक्रियामा स्वायत्तकिरात गणराज्यनिर्माणको कार्यसूचिलाई अनिवार्य समावेशगरी किरातीजनता विरुद्ध उत्पीडन अन्त्यको ऐतिहासिककदम उठाइयोस भनीसंयोजककमरेड समक्षकिरात गणराज्यअभियान यो ज्ञापनपत्र प्रस्तुतगर्दछ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण