आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

विद्यालयमा प्रहरीको सचेतना कक्षा

आइतबार, १३ मङ्सिर २०७२, ११ : १५
आइतबार, १३ मङ्सिर २०७२

उदयपुर–विद्यालयका युवा युवतीहरुलाई लागुपदार्थ दुव्र्यसनी तथा ट्राफिक शिक्षा दिने उद्देश्यले उदयपुर प्रहरीले सचेतना कक्षा सुरु गरेको छ । इलाका प्रहरी कार्यालय कटारीले कटारी नगर क्षेत्रका विभिन्न विद्यालयहरुमा गई सचेतना कक्षा संचालन गरेको हो । कटारी नगरपालिकाको सहयोगमा नपाको वडा नं. २ स्थित कालीखोला माध्यमिक विद्यालयमा एक दिने लागुपदार्थ दुव्र्यसनीबाट बच्ने उपाय र ट्राफिक नियमहरुको बारेमा विद्यार्थीहरुलाई अध्यापन गराईएको विद्यालयले जनाएको छ । कार्यक्रममा ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक कुमार बस्नेतले सहजीकरण गरेका थिए । विद्यालयको कक्षा कोठामा नै गएर प्रहरी प्रमुख डिएसपीले कक्षा दिंदा वालवालिकामा सकारात्मक सन्देस जाने भएकाले कार्यक्रम गरेको विद्यालयका प्रधानाध्यापक शारदा खतिवडाले बताईन् । बालबालिकाहरुलाई लागुपदार्थको तत्कालिन, तथा दिर्घकालिन असरका विषयमा जानकारी गराउन सके भविष्यमा कुलतमा फस्नबाट बचाउन सकिने भएकाले यस्तो कार्यक्रमको आयोजना गरिएको आयोजक नगरपालिकाका ओम मिश्रले बताए । बालवालिकाहरुलाई डिएसपी वस्नेतले लागुऔषधले मानिसलाई गर्ने असर तथा कानुनी सजायका विषयमा परामर्श दिएका थिए । त्यसैगरी पूर्व लागुऔषध प्रयोगक कर्ता तथा साथीसमूह कटारीका अध्यक्ष नारायण राईले पनि लागुऔषध प्रयोगले समाजमा निम्त्याउने नकारात्मक असरका विषयमा सहजीकरण गरेका थिए । गएको असोज १९ गतेदेखि नगरपालिकाको विभिन्न विद्यालयहरुमा सचेतना कार्यक्रम जारी राखेको नगरपालिकाकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप