आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

नाका र राजमार्ग आन्दोलन थप सशक्त बनाउने मोर्चाको तयारी

आइतबार, १३ मङ्सिर २०७२, ११ : २७
आइतबार, १३ मङ्सिर २०७२
सिरहा–सिरहाको गोलबजारमा संयुक्त मधेशी मोर्चाको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संयुक्त मधेशी मोर्चा सिरहाको आयोजनामा शनिबार भएको अन्तरक्रिया कार्यक्रममा तीन महिना भन्दा लामो समयदेखि तराई मधेशमा आन्दोलन जारी रहेपनि सरकारले माग सम्बोधन गर्न कुनै किसिमको पहल नगरेको भन्दै मोर्चाका नेता तथा कार्यकर्ताहरुले सरकारप्रति आक्रोश व्यक्त गरेका थिए । कार्यक्रममा बोल्ने नेता तथा कार्यकर्ताहरुले अबको आन्दोलन राजमार्ग र सिमानाकामा पुर्ण रुपमा केन्द्रित गरि राजमार्ग ठप्प गर्ने चेतावनी दिए । संघिय समाजबादी फोरम नेपालका केन्द्रिय कोषाध्यक्ष बिजय यादबको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा तमलोपाका केन्द्रिय सदस्य सुरेश मंडल, तमसपाका महासचिब राम कुमार मंडल, फोरम गन्तान्त्रिकका मो. मुस्ताक र नयाँ शक्तिको अभियन्ता राम रिझन यादबको साथै जिल्लामा सक्रिय रहेको विभिन्न संघसंस्थाका प्रतिनिधि, पेशाकर्मी, न्यायपे्रमीहरुको उपस्थित रहेको संघिय समाजबादी फोरम नेपालका सिरहा सदस्य राम दयाल यादबले बताए । यसैबिच, मंसिर १३ गते विशाल मोटरसाइकल र्याली जुन र्याली लहानको पशुपति उमाबिबाट सुरु भई मिर्चैया, कल्याणपुर हुँदै सिरहा पुगि कोण सभा गर्ने, त्यस्तै मंसिर १५ गते लहान, १६ गते सोनबर्षा, १७ गते सिरहाको हेमनारायण चौक, १८ गते सुखिपुर बजार, १९ गते मिर्चैया र २० गते कल्याणपुरमा बिरोध सभा गर्ने तयारी गरिएको मोर्चाले बताए । केहि दिन पहिला मधेश आन्दोलनलाई थप सशक्त एवं परिणाममुखि बनाउन जिल्लामा छिटफुट रुपमा रहेको आन्दोलनको एकिकृत गरि एकै ठाउमा संचालन गर्न संयुक्त मधेशी मोर्चा गठन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप