आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौं केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्पको धक्का

सोमबार, १४ मङ्सिर २०७२, १५ : ४८
सोमबार, १४ मङ्सिर २०७२

काठमाडौं – सोमबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । काठमाडौंको बुढानिलकण्ठ आसपास केन्द्र बिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्पका धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६ः१० बजे भूकम्पको धक्का महसुस भएको हो । मापन केन्द्रले यो वैशाख १२ गतेपछि निरन्तर आइरहेका पराकम्पकै निरन्तरता भएको जनाएको छ ।

वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पराकम्प जाने क्रम घट्दै गएको छ । यसअघि मंसिर ११ गते काभ्रेपलाञ्चोक केन्द्र बिन्दु भएर भूकम्पको धक्का महसुस भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप