आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

साहित्यकार पुडासैनीलाई सर्बोत्कृष्ट अनेसास पुरस्कार

सोमबार, १४ मङ्सिर २०७२, १० : ०९
सोमबार, १४ मङ्सिर २०७२

अमेरिका - नमेटिएका चित्रहरु नामक नियात्रा कृतिका लागि अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार वरिष्ठ साहित्यकार दामोदर पुडासैनी 'किशोर' लाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अमेरिकाले नोभेम्बर २१ मा आयोजित एक समारोहका बीच पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार वितरण समारोहमा मेरील्यान्ड राज्यका गभर्नर ल्यारी होगन, बोर्ड अफ ट्रस्टीका अध्यक्ष डा। श्याम कार्की, अनेसास केन्द्रका अध्यक्ष पदम विश्वकर्मा, संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यबाहक राजदूत ऋषि घिमिरे, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, वरिष्ठ साहित्यकार डा। तारानाथ शर्मा ,पुरस्कार छनोट समितिका अध्यक्ष सीता पाण्डे लगायतले अनेसासका गतिबिधिहरु र वरिष्ठ साहित्यकार दामोदर पुडासैनीको ब्यक्तित्व र कृतित्व माथि बोलेका थिए । यसका साथै समारोहमा विश्वका धेरै देशका साहित्यकारहरुको उपस्थिति रहेको थियो भने सो अवसरमा पुडासैनीलाई बोर्ड अफ ट्रस्टी अमेरिकाको र अनेसास अमेरिकाको आजीवन सदस्यता पनि प्रदान गरिएको थियो । वरिष्ठ साहित्यकार पुडासैनीले अनेसास अमेरिकाबाट नमेटिएका चित्रहरु अङ्रेजी भाषामा अनुवाद गरी बिक्री वितरणबाट प्राप्त हुने लेखकस्वको पचास प्रतिशत रकम सोही संस्थालाई प्रदान गर्ने घोषणा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप