शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

एसएसबीले नेपालगञ्ज नाका बन्द गरायो

मङ्गलबार, १५ मङ्सिर २०७२, ११ : ०४
मङ्गलबार, १५ मङ्सिर २०७२
भारतीय सुरक्षा बल एसएसबीले नेपालगञ्ज नाकाको आवजावतमा रोक लगाएको छ । गएराति दशगजामा ढुंगा हानाहान र पेट्रोल बम प्रहार भएको भन्दै एसएसबीले नेपालगन्ज–रुपैडिहा नाका आउजाउ गर्न रोक लगाएको हो । धर्नाका लागि मोर्चाले दशगजामा गाडेको टेन्ट हटाउने क्रममा मोर्चा र प्रहरीबीच झडप भएको थियो । सो क्रममा मोर्चाका दर्जनबढी कार्यकर्ता घाइते भएका थिए भने प्रहरी तर्फ एक जना घाइते भएका थिए भने मोर्चाका कार्यकर्ताहरुले प्रहरीलाई लक्षित गरेर आधा दर्जन पेट्रोल बम प्रहार गरेका थिए । एसएसबीको कडाईपछि सवारी आउजाउ बन्द भएको छ । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाले अहिले प्रवेश नपाउँदा भारत र नेपालपट्टी सवारीसाधानको लाम लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप