शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

लियोनेल मेस्सी छैंटो पटक ला लिगाको उत्कृष्ट खेलाडी घोषित

मङ्गलबार, १५ मङ्सिर २०७२, ११ : २०
मङ्गलबार, १५ मङ्सिर २०७२

बार्सिलोना – लियोनेल मेस्सी स्पेनिस ला लिगाको सन् २०१४–१५ सिजनका उत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबार राती बार्सिलोनामा एक कार्यक्रमबीच एलएफपी अवार्ड वितरण गरिएको थियो । बार्सिलोनाका फरवार्ड मेस्सीले यस अवार्डको ६ वर्षको इतिहासमा छैटौं पटक यस अवार्डमाथि कब्जा जमाउन सफल भए । गत वर्ष क्रिस्टियानो रोनाल्डोले उनको अधिपत्य तोडेका थिए । उनले उत्कृष्ट खेलाडीसँग उत्कृष्ट फरवार्डको पनि उपाधि हात पारे । मेस्सीले गत सिजत ४३ गोल गर्नका साथै १८ एसिस्ट गरेका थिए । उनले आफ्नो अवार्ड छोरा थियागोलाई समर्पित गरे । ‘म यो गोल मेरो छोरा थियागोलाई समर्पित गर्न चाहन्छु,’ मेस्सीले भने, ‘म घर छाड्दा उ जहिले रिसाउँछ र भन्छ आज फेरि तपाई गोल गर्नुहुन्छ ।’ बार्सिलोनाका प्रशिक्षक लुइस एनरिके उत्कृष्ट प्रशिक्षक घोषित भए भने क्लाउडियो ब्राभोले पनि उत्कृष्ट गोलकिपरको उपाधि हात पारे । त्यस्तै उत्कृष्ट डिफेन्डर र मिडफिल्डरको उपाधि क्रमशः रियल म्याड्रिडका सर्जियो रामोश र हामेज रोड्रिगेजले हात पारे । नेयमार उत्कृष्ट अमेरिकन खेलाडी बने भने भ्यालेन्सियाका सोफियान फेगोली उत्कृष्ट अफ्रिकन खेलाडी घोषित भए । क्रिस्टियानो रोनाल्डोले फ्यान भोटको आधारमा उपाधि हात पारे । उनको अवार्ड रामोशले ग्रहण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप