शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मधेसी मोर्चासँगको भोलि हुने वार्ता सफल बनाउन दलहरु जुटे

मङ्गलबार, १५ मङ्सिर २०७२, १२ : २१
मङ्गलबार, १५ मङ्सिर २०७२

काठमाडौं– सत्तारुढ दल , नेपाली कांग्रेर र तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाबीच भोलि वार्ता हुने भएको छ । हिजो भएको त्रिपक्षीय वार्तामा नेपाली कांग्रेसले मोर्चाले प्रस्तुत गरेको मागको विषयमा अनविज्ञता प्रकट गरेपछि भोलिसम्मको लागि वार्ता स्थगित भएको थियो । भोलिको वार्ता सफल बनाउन दलहरु आज दिनभर आन्तरिक छलफलमा रहने बताइएको छ । आज सत्तारुढ प्रमुख दुई दल एमाले र एमाओवादी र विपक्षी दल नेपाली कांग्रेसले एकपक्षीय र दुई पक्षीय छलफल गरेर मधेसी मोर्चाको मागको बारेमा साझा धारणा बनाउने बुझिएको छ । यस्तै आज प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्ड तथा कांग्रेस सभापति सुशील कोइरा– प्रचण्ड र ओलीबचि पनि छलफल हुने कार्यक्रम तय भएको छ । यद्यपी छलफलको समय भने तय भएको छैन । मधेसी मोर्चाले समानुपातिक समावेशी प्रतिनिधित्व, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रलगायतका ११ बुँदे माग अगाडि सारेको छ । यस्तै, सङ्घीय संरचनाको सीमाङ्कनमा पनि प्रष्ट धारणा आउनुपर्ने मोर्चाको माग छ । मोर्चाले उठाएका विषयमध्ये तत्काल पूरा गर्न सकिने मागलाई संविधान संशोधनका माध्यमबाट समाधान गर्ने र अन्य मागलाई उच्चस्तरीय राजनीतिक समिति तथा संसदीय समितिमार्फत अगाडि बढाउन सकिने प्रस्ताव एमाओवादी अध्यक्ष प्रचण्डले राख्दै आएका छन् । तर, काँग्रेसले भने आफू नेतृत्वको सरकारले सदनमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई पारित गरिए समस्या समाधानमा मार्गप्रशस्त हुने धारणा राख्दै आएको छ । लामो समयदेखिको तराई मधेसको बन्द र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको जनजीवन प्रभावित भएकोमा सबै विषयलाई वार्ता र संवादका माध्यमबाट अगाडि बढाउनुपर्नेमा दलहरु एक मत रहेपनि हालसम्म् निकास भने निस्कन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप