लिम्बूवान पार्टी फुटको संघारमा
मोरङ– चरम विवादमा गुज्रिँदै आएको संघीय लिम्बुवान पार्टीको असन्तुष्ट पक्षले छुट्टै आन्दोलन सुरु गरेको छ । संस्थापन पक्षले एकलौटी तरिकाले पार्टी चलाएको भन्दै असन्तुष्ट पक्षले छुट्टै आन्दोलन सुरु गरेसँगै संघीय लिम्बुवान पार्टी फुटको संघारमा पुगेको छ ।
पूर्वमा लिम्बूवानको पक्षमा वकालत गर्दै संघर्षरत ५ लिम्बूवान पार्टीबीच २०७१ साउनमा एकता भएको थियो । कुमार लिङ्देनले नेतृत्व गरेको मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्, सञ्जुहाङ्ग पालुङ्वाकको संघीय लिम्बूवान राज्य परिषद, वीर नेम्बाङको लिम्बूवान मुक्ति मोर्चा, रामभक्त कुरुम्बाङको लिम्बूवान मुक्ति मोर्चा नेपाल र कमल छाराहाङको संघीय गणतान्त्रिक मोर्चाबीच एकता भएको एक बर्ष चार महिना बित्न नपाउँदै पार्टीमा संकट उत्पन्न हुन थालेको हो । कुमार लिङ्देन पक्षधरले संयुक्त मधेसी मोर्चासँग सहकार्य गरेर लिम्बुवान आन्दोलनलाई ओझेलमा पार्न खोजेको र लिम्बुवानको केही भूभाग मधेसलाई बेच्न खोजेको पार्टीका उपाध्यक्ष डिल्ली मिभक चेम्जोङले बताएका छन् । झापा, मोरङ र सुनसरी जिल्लालाई कुनैपनि हातलमा लिम्बुवानबाट टुक्राउन नदिने भन्दै असन्तुष्ट पक्षले सोमबारबाट अरुण पूर्वका नौं जिल्ला अनिश्चितकालिन बन्दको आह्वान गर्दै आन्दोलन थालेका छन् । असन्तुष्ट पक्ष सर्वमान्य नेता वीर नेम्बाङ, सर्वोच्च नेता कलम छाराहाङ, वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वा, वरिष्ठ उपाध्यक्ष रामभक्त कुरुङ्बाङ, उपाध्यक्षहरू खगेन्द्र माखिम, राजकुमार पालुङ्वा, डिल्ली मिभक, ज्ञानु इम्बुङ, सचिवहरू छवि सङ्बाहाम्फे, देउकुमार नेम्बाङ लगायतका सचिवहरूलगायतले छुट्टै आन्दोलन थालेका हुन् । नेपालमा भएको १० बर्षे जनयुद्ध, लोकतान्त्रिक तथा पहिचानको आन्दोलनद्वारा प्राप्त उपलब्धिहरू नयाँ संविधानले समाप्त पार्दै कांग्रेस, एमाले र एमाओवादीको हैकमलाई मात्र संस्थागत गरेको असन्तुष्ट पक्षको भनाईं छ । असन्तुष्ट पक्षले नयाँ संविधानमा अरुण–सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान उल्लेख गरिनुपर्ने, प्रत्यक्ष राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिनुपर्ने, समानुपातिक र समानेशीता सुनिश्चित गरिनुपर्ने, धर्मनिरक्षेता कायम गरिनुपर्ने र पहिचानको आन्दोलनमाथि भइरहेको दमन बन्द गरिनुपर्ने लगायतका माग राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण