बढी मूल्यमा पेट्रोलियम पदार्थ विक्री गर्ने पक्राउ
मङ्गलबार, १५ मङ्सिर २०७२, १४ : २५
काठमाडौं–बढी मुल्यमा पेट्रोलियम पदार्थ विक्री गर्ने काठमाडौँ महानगरपालिका–१४ बल्खु स्थित ओम नमशिवाय वर्कशपका संचालक भारत रक्सौल घर भएका २२ बर्षीय बालेश्वर शाहलाई प्रहरीले ३ सय ४० लिटर डिजेल सहित पक्राउ गरेको छ ।
साहले प्रति लिटर २ सय ३० मा डिजेल विक्री वितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीवाट खटिएको टोलीले उक्त डिजेल सहित सोमबार साहलाई पक्राउ गरेको हो ।
यसैगरी किर्तिपुर नगरपालिका–३ स्थित किर्तिपुर मोटर ड्राइभिङ सेन्टरबाट बढी मूल्यमा पेट्रोल बिक्री गरिरहेका झापा बाहुनडाँगी–८ घर भएका २२ बर्षीय मनोज गुरागाईलाई प्रहरीले सोमबार ३ सय ५ लिटर पेट्रोल सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण