शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

प्रहरीलाई देखेपछि पेट्रोलियम पदार्थ छाडेर तस्कर फरार

मङ्गलबार, १५ मङ्सिर २०७२, १४ : ३१
मङ्गलबार, १५ मङ्सिर २०७२
बाँके– नेपालमा भारतीयले गरेको अघोषित नाकाबन्दीपछि भएको इन्धन अभावको मौकाछोपी भारतबाट तस्कर गरेर ल्याइएको डिजेल प्रहरीले बरामद गरेको छ । बर्दियास्थित इलाका प्रहरी कार्यालय मैनापोखरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा छाडिएको १ सय ५० लिटर डिजेल बरामद गरेको हो । प्रहरीलाई तस्करहरुले टाढैबाट देखेपछि सो छाडेर भागेको हुन सक्ने बताइएको छ । यसैबीच भन्सार छलेर भारततर्फबाट ल्याइँदै गरेको १६ बोरा रासायनिक मल समेत प्रहरीले बरामद गरेको छ । सो डिजेल कालिका–६ शितला बजार स्थित राजमार्गबाट सोमबार राति १ सय १३ लिटर र जमुनी–१ बाट १ मंगलबार जमुनी–२ फुटाहा गाँउबाट भन्सार छली ल्याउदै गरेको सो मल प्रहरीले बरामद गरेको हो । सो बारे आवश्यक अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप