मधेस आन्दोलनमा मारिएकाको परिवारलाई भेट्न पुगे उपेन्द्र यादव
राजविराज– संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलवार एक साता अघि प्रहरीको गोली लागेर मृत्यु भएका राजविराज १ निवासी स्वर्गिय दिलिप साहको घर पुगि शोकाकुल परिवारजनलाई भेटेका छन् । उनीसँगै उपाध्यक्ष रेणु यादव, केन्द्रिय सदस्य शैलेन्द्र साह तथा मोर्चाका नगर संयोजक लगायतले शोकसन्तप्त परिवारलाई धैर्य धारण र समवेदना जनाउँदै शहिदहरुको रगत खेर नजाने वताएका थिए । सो अवसरमा स्वर्गिय साहकी पत्नि पुनमले दोशी प्रहरीमाथि कडा कारवाही हुनु पर्ने र यसका लागि मोर्चावाट आवश्यक पहल हुनु पर्ने आग्रह गरेकी थिईन् । यसैबीच प्रहरीले चिकित्सकमाथि गरेको भनिएको विरोधमा १० दिनदेखि आन्दोलनरत स्वास्थ्यकर्मीहरुको आन्दोलनमा यादवले ऐक्यवद्धता जनाएका छन् । सो अवसरमा यादवले राज्यको नश्लवादी चिन्तनको उपजका रुपमा अस्पतालमा आक्रमण भएको आरोप लगाए । अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीलाई कुटपिट, दुब्र्यवहार र आतंकित गरेर प्रहरीले अन्तराष्ट्रिय कानुनको उलंघन गरेको वताएका यादवले घटनामा संलग्नलाई तत्काल कारवाही गर्नुपर्ने वताए ।
उनले स्वास्थ्यकर्मीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै माग पुरा गराउन मोर्चाले पनि आफनो स्तरवाट पहल गर्ने वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण