काठमाडौंपछि मधेसमा मानव साङ्लो निर्माणको लहर
सिरहा– तराई मधेशका जिल्लाहरुमा मानव साङ्लो प्रदर्शन गर्ने लहर चलिरहेको समयमा सिरहामा पनि मानव सांगलो प्रदर्शन हुने भएको छ । एनप्याबसन, प्याब्सन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बसेको बैठकले सिरहामा मधेस आन्दोलनको समर्थनमा मानव सांगलो प्रदर्शन गर्ने निर्णय गरिएको हो ।
[caption id="attachment_16845" align="alignright" width="840"] file photo[/caption]बैठकले जारी गरेको विज्ञप्तीमा यही मंसिर भोलि बुधबार बिहान ८ बजे पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको पर्वी सिमाना बलान देखि पश्चिम सिमाना कमलासम्म मानव सांङ्लो प्रदर्शन गर्ने उल्लेख गरिएको छ । उक्त मानव साङ्लामो जिल्लाका सम्पुर्ण निजि तथा सरकारी बिद्यालयका विद्यार्थी, शिक्षिक र आम जनसमुदायलाई सम्मिलित हुनका लागि विज्ञप्ती मार्फत आग्रह गरिएको छ । एनप्याब्सन सिरहा, प्याबसन सिरहा र मधेशी मोर्चाद्धारा संयुक्त रुपमा जारी विज्ञप्तीमा मधेश आन्दोलनमा सहादत्त प्राप्त गरेका वीर शहिदहरुप्रति प्रार्थना सभा र श्रद्धान्जली सभा गर्ने उल्लेख रहेको छ ।
यसअघि गत शुक्रबार राजधानी काठमाडौमा मधेस आन्दोलन र भारतीय नाकाबन्दीको विरोधमा काठमाडौंमा २७ किलोमिटर लामो चक्रपथमा विशाल मान साङ्लो बनाइएकोमा त्यसको विपरित मधेस आन्दोलनको समर्थनमा आन्दोलन जारी रहेको जिल्लामा मानव सांङ्लो प्रदर्शन गर्न लागिएको हो ।
बोर्डिङ संचालकले विद्यार्थीलाई सडकमा उतारे, २७ किलोमिटर चक्रपथमा बनाए मानवसाङ्लो
आजमात्रै मध्य तराईको बारामा विद्यार्थीहरुको सहभागितामा विशाल मानव सांलो प्रदर्शन गरिएको थियो भने वीरगञ्जमा पनि सोमबार सोहि प्रकृतिको प्रदर्शन गरिएको थियो ।
फरक दृश्य : मधेस आन्दोलनको समर्थनमा विद्यार्थीले बनाए वीरगंजमा मानव साङ्ग्लो (फोटोफिचर)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण