अखिल क्रान्तिकारीले मधेशमा मधेश जागरण अभियान सञ्चालन गर्ने
मङ्गलबार, १५ मङ्सिर २०७२, १६ : १३
काठमाडौं– अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको प्रथम विस्तारित बैठकले आन्दोलनग्रस्त मधेशमा मधेश जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
यसका साथै क्रान्तिकारीले राष्ट्रिय स्वाधिनता, आन्तरिक राष्ट्रिय एकता, शैक्षिक अधिकार, जनजीविका र सामाजिक सदभावका लागि देशव्यापी १ महिने विद्यार्थी अभियान समेत सञ्चालन गर्ने जनाएको छ ।
बैठकले नयाँ संविधानमा रहेका शैक्षिक प्रावधानको कार्यान्वयन, संविधान निर्माणको बेला संगठनको तर्फबाट पेश गरेका र हालै शिक्षा मन्त्री समक्ष पेश गरेका २५ बुँदे सुझावलाई आधार–पत्र को रुपमा लिइ शैक्षिक अधिकारको लागि संघर्ष गर्ने गर्ने निर्णय समेत गरेको बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
यस्तै क्रान्तिकारी विद्यार्थी संगठनहरुको वीचमा एकता र ध्रुविकरणको लागि वार्ता र संवादको प्रक्रियालाई अगाडि पनि बैठकले निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण