काभ्रेमा एचआइभी संक्रमितको संख्या बढ्यो
काभ्रे–राजधानीसँगै जोडिएको काभ्रे जिल्लामा एच.आइ.भि. एड्स संक्रमितको संख्या ३०७ जना पुगेको छ । विश्व एच.आइ.भि. एडस दिवसको अवसरमा दिएको तथ्याङ्क अनुसार काभ्रेमा पुरुष २०१, महिला १०६ र त्यस मध्येकै बालकालिका १७ जनामा संक्रमित देखिएको छ । रोजगारीको शिलशिलामा घर बाहिर रहेका आफ्ना श्रीमानबाट विना गल्ती विना दोषी धेरै घर गृहणी महिलाहरु एच.आइ.भी.को शिकार भएका छन् भने थोरै जसो पुरुष आफ्नो श्रीमतीको नराम्रो बानी व्यवहारले एच.आइ.भी.को शिकार बन्न पुगेका सक्रिय प्लस नेपाका कोषाध्य कमलप्रसाद बञ्जारले बताए । ‘आफ्नो बुबा आमाको चरम लापरवाहीका कारण एच.आइ.भी.संक्रमितलाई प्रयोग गरिएको सुई तथा संक्रमितको रगतबाट एच.आइ.भी. सरेपछि ६ वर्षदेखि १८ भित्रका १६ जना बालबालिकाहरु एच.आइ.भी.को भाईरस बोकेर हिडिरहेका छन् ।
एच.आइ.भी. एन्टीबोडी भाइरस लाई निश्क्रिया पारी ए.आर.भी. औषधी जिल्लामा १२४ जनाले खाँदै आएका छन्’ उनले भने । खुलेर आउन चाहदैनन् सक्रिय प्लस नेपालका अनुसार कतिपय एच.आइभी संक्रमितहरु खुलेन आउन चहान्दैनन । संक्रमितहरु आफुलाई एच.आइ.भी.को लक्षण देखा परेपनि भि.सी.टी. सेन्टरमा रगत जाँच गर्न नआउनु, लाज मान्नु, नराम्रो बानी व्यवहार गर्नेलाई मात्र एच.आइ.भी. हुन्छ भन्ने साँघुरो मानसिक सोचाईका कारण रोग लुकाएर खुलेर उपचारमा आउन नचाएका हुन् । आफुलाई एच.आइ.भी. लागेको थाहा भएपनि बाहिर खुलेर नआउनु र अन्तिमा तिममा शरिर गलेपछि मात्र भि.सी.टी. सेन्टरमा जाँच गर्न आउने बानीले एच.आइ.भी.ले तिब्र रुप लिएको सक्रिय प्लस नेपालका कोषाध्यक्ष कमलप्रसाद बञ्जाराले बताए । तथ्याङक अनुसार ६ वर्षका बच्चा देखि ७० वर्ष उमेरका व्यक्तिमा संक्रमित पाईएको छ भने बढि २० देखि ४० वर्ष भित्रका व्यक्ति एच.आइ.भी. बाट प्रभावित भएका छन् । एड्सको संक्रमण देखिएको विश्व एड्स दिवसको अवसरमा सार्वजनिक गरेको तथ्याङकमा उल्लेख गरिएको छ । उक्त तथ्याङक अनुसार भारतमा लगेर बेचिएको एकाध महिला बाहेक पुरुषकै कारण महिलामा एड्स संक्रमण बढिरहेको छ । काभ्रेमा संक्रमणकै कारण हाल सम्म ७ जनाले ज्यान गुमाएका छन । तर बिहे अघि रगत परिक्षण गरेर काभ्रेमा कसैले बिबाह गरेको छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण