शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

भारतीय नाकावन्दी विरुद्ध विशेष अभियान सुरु

मङ्गलबार, १५ मङ्सिर २०७२, १६ : ३४
मङ्गलबार, १५ मङ्सिर २०७२

काठमाडौं–६७ औं विश्व मानव अधिकार दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले ‘नाकाबन्दी मानवता विरुद्धको अपराध हो, नाकावन्दी मानव अधिकारमाथि कुठाराघात हो’ भन्ने मुलनारा सहित १० दिवसीय विशेष अभियान आज राजधानीको जोरपाटीबाट प्रारम्भ गरेको छ । अभियान सुरु भएसँगै आज दिउँसो जोरपाटी चोकमा नाकाबन्दीको विरोधमा हस्ताक्षर संकलन प्रारम्भ भएको समाजले जनाएको छ । हस्ताक्षर संकलन कार्यक्रमको अन्त्यमा आयोजित कोणसभामा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले भारतले नेपाल विरुद्ध लगाएको नाकावन्दी इतिहाँसकै लज्जास्पद घटना भएको र भारत जस्तो संसारको सबैभन्दा ठूलो लोकतन्त्रका लागि अशोभनिय भएको उल्लेख गर्दै नाकावन्दी तत्काल अन्त्य गर्न भारत सरकारलाई आग्रह गरे । कार्यक्रममा समाजका सभापति गङ्गाधर अधिकारी, कोषाध्यक्ष रेणुका पौडेल, समाजसेवी गोविन्द घिमिरे‘वेदमणी’, कृष्णजी खड्का, सामाजिक कार्यकर्ता गोपाल बराल, डा सुवास प्याकुरेल, कोमल लामिछाने, कुमारमणी गजुरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कवि बाजुराम पौडेलले कविता वाचन गरेका थिए ।

यसैगरी भोलि पनि हस्ताक्षर संकलन हुने जनाइएको छ । सो हस्ताक्षर संकलन कार्यक्रम जावलाखेल चोकमा दिउँसो १ बजेदेखि शुरु हुनेछ यस्तै विहिवार दिउँसो १ बजे भने भारतीय दुतावास अगाडी धर्ना दिने कार्यक्रम तय भएको समाजले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप