समाचार प्रभावः सीमामा सशस्त्रले घुस लिने गरेकोप्रति अख्तियारको चासो
काठमाडौं– सीमानाकामा ड्यूटीमा खटिएका सशस्त्र प्रहरीले व्यापारीसँग घुस लिने गरेको समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको जनाएको छ । वीरगञ्ज नाकामा खटिएका सशस्त्र प्रहरीका जवानले भारततर्फबाट सामान लिएर आउने व्यापारीसँग घुस लिने गरेको समाचार रातोपाटीमार्फत प्रकाशित भएपछि गम्भीरताका साथ छानबिन थालिएको अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले बताए । ‘जनताको सेवामा खटिएका सशस्त्रको जवानले नै दुःख दिनु गम्भीर अपराध हो, यसबारे छानबिन आजैदेखि छानबिन सुरु गरिएको छ ’, उनले रातोपाटीसँग भने । यसबारे सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तसँग आवश्यक जानकारी उपलब्ध गराउन समेत अख्तियारले निर्देशिन दिएको छ । अख्त्यिारको निर्देशनपनि वन्तले भने आफूहरुले यसबारे गम्भीर छानबिन गरेर दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको अख्तियार स्रोतले जनाएको छ ।
यस्तो थियो समाचार
आलु ब्यापारीसँग पचास रुपैयाँ घुस ! अन्यायमा पर्दा प्रहरीकोमा उजुरी गर्न जाने सर्वसाधारण प्रहरीले नै घुस लिन थालेपछि कोसँग गुहार माग्न जाओस ? विरगन्ज नाकामा राज्यका निकाय नै दाउ छोपेर घुस लिन थालेपछि खुद्रा ब्यापारीहरु पनि मर्कामा परेका छन् ।
सोमबार विहान विरगंज नाकामा पुग्दा नेपालतर्फको भन्सार बन्द थियो । भन्सार भन्दा केही माथि तीन जना शसस्त्र प्रहरी ड्युटिमा थिए । भारतर्फबाट साइलकमा आलु लिएर आएका एक ब्यापारीलाई एक शसस्त्रका जवानले रोकेर बार्गेनिङ गर्न थाले । केही मिनेटको बार्गेनिङपछि ति ब्यपारीले पचास रुपैयाँको नेपाली नोट झिकेर दिए । हाम्रो क्यामरोको निशामा परेको थाहा पाएपछि अरु दुई प्रहरीले बार्गेनिङ गर्नेलाई ‘अहिले छोडदे, यता आईज’ भन्दै बेलाएपछि उनी हच्किए । प्रहरी हच्केको कारण ब्यापारीले चाल पाएनन्, उनि सोध्दै थिए, ‘ओ सर, अहिले यत्ति लिनुस न, पचास दिँदा पनी पुग्दैन ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण