भूकम्पले ढालेका घर ऋणधन गरेर उठे
मङ्गलबार, १५ मङ्सिर २०७२, १७ : २४
बागलुङ– भूकम्पले मल्म–६ सिरवारेका आधा दर्जन परिवारले पूर्णरुपमा घरबास गुमाएका दलित परिवारले भएपनि अहिले विभिन्न क्षेत्रको सहायता र आफँै ऋणधन गरेर घर निर्माण गरेका छन् ।
घरबास पुरै गुमाएका सो गाउँका पातली दर्जी, ददिराम दर्जी, झमबहादुर दर्जी, डिलबहादुर दर्जी, धनबहादुर दर्जी र बलबहादुर दर्जीले घर निर्माण गरेका हुन् । घर भत्किएपछि बारीमा पालमुनि बास कटाएका उनीहरु अहिले नयाँ घरमा सरेका छन् । सरकारले दिएको न्यून आर्थिक सहयोग, विभिन्न संघसंस्था र व्यक्तिको सहयाता र आफ्नै लगानी र प्रयासमा घर पुनः निर्माण गरेको उनीहरु बताउँछन् ।
रु चार लाख खर्चेर घर बनाएको पातली दर्जीले बताए ।
सरकारले दिएको रु १५ हजार, जापानमा रहेका प्रवासीले पठाएको रु १४ हजार र मल्म–७ का प्रदीप थापाबाट रु २० हजार तथा अन्य छिटपुट सहयोग जुटाएर घर बनाएको उनको भनाइ छ । “केही रहम सहयोगबाट पनि आयो, बाँकी ऋण काढेर बनाएकी हुँ” उनले भने ।
सहकारी, लघुवित्त र व्यक्तिबाट समेत लिएको करिव दुई लाख ऋण भएको उनले बताए ।
पूर्णरुपमा घर क्षति भएका भूकम्प पीडितलाई घर निर्माणको लागि सरकारले अनुदान दिने भनेपनि सो पाउने नपाउने बारे आफूहरु अनविज्ञ रहेको पीडितहरुको गुनासो छ । घरबासकै ठेगाना नभएपछि जसरी तसरी घर बनाउनुपर्ने बाध्यता आइलागेको सोही स्थानका ददिराम दर्जीले बताए ।
विभिन्न समस्याका बावजुत पनि घर पुनःनिर्माण गरेका पीडितहरु सरकारी सहयोग र अनुदानको भने पखाईमा छन् । नयाँ घर बनाउँदा सबैको काँधमा रु डेढदेखि रु दुई लाखसम्मको ऋणको भार थपिएको दर्जीको भनाइ छ । भिरालो डाँडामा भएको वस्तीका कारण सिरवारेमा भूकम्पले बढी क्षति पु¥याएको थियो । आंशिक र सामान्य क्षति पुगेका कतिपय परिवारले भने अझैसम्म पनि घर मर्मतसम्भार गर्न सकेका छैनन् ।
सोही स्थानका राजकुमार दर्जीको घर बस्नै नमिल्ने गरि क्षति पगेपछि परिवारको अहिलेपनि गोठमा बास छ । “आर्थिक अभावले घर निर्माण गर्न सकिँन” उनले भने । सिरवारे दलित वस्ती भएका कारण पनि गैरसरकारी स्तरबाट बढी राहत त्यहाँ पुगेको थियो । घर बनाउँदा लागेको ऋण कसरी तिर्ने भनेर चिन्ता थपिएपनि पालमुनिको बासबाट घरमा फर्कदाँ भूकम्पपीडितको मनमा हर्ष छाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण