सरकारले संविधानबारेमा जनतालाई जानकारी दिने
काठमाडौँ–नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा, भन्ने नाराका साथ सरकारले संविधानको विशेषताको बारेमा जानकारी दिन यही मङ्सिर २१ देखि पुस २२ गतेसम्म प्रचारात्मक कार्यक्रम गर्ने भएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज सञ्चारमन्त्री शेरधन राईको उपस्थितिमा सञ्चार सचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव र सञ्चारमन्त्रालयअन्तर्गतका विभागीय प्रमुखको भेटमा सो जानकारी दिइएको हो ।
कार्यक्रम अन्तर्गत संविधानको विशेषताका साथै महिला, दलित, आदिवासी, जनजाति, अल्पसङ्ख्यक, मुस्लिम, मधेसी आदिको बारेमा संविधानले गरेको व्यवस्थालाई जनस्तरमा प्रचारप्रसार गर्ने कार्यक्रम रहेको छ ।
सो कार्यक्रममा केन्द्रीयस्तरका प्रतिनिधि समेतको उपस्थिति रहने बताइएको छ ।
यहि मङ्सिर २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने एक महिने सो कार्यक्रम मुलुकभरका सबै जिल्ला, नगरपालिका र गाविसमा गरिने मन्त्रालयद्वारा जानकारी दिइयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण