नाकाबन्दीपछि घरेलु उत्पादनले बजार पाउन थाल्यो
बुधबार, १६ मङ्सिर २०७२, १० : ३२
गुल्मी - भारतीय नाकावन्दीले इन्धनलगायतको अभावपछि अहिले गुल्मीको सदरमुकाम तम्घासमा घरेलु उत्पादनले बजार पाउन थालेको छ । उपभोक्ताहरु ग्यासको अभाव भएपछि बैकल्पिक उपायको खोजीमा बजार धाउन थालेका छन् ।
‘घरको ओदानचुलो थन्काइएको लामो समय भएको थियो । त्यसको हिफाजत नगर्दा हराएछ । अर्को सानोओदान खिया लागेर काम नलाग्ने भएछ । अहिले ग्याँस नपाएर दाउराबाट खाना पकाउन सुरु गरेका छौ । त्यसैले ओदान किन्न आएकी हुँ,’ तम्घासकी हरीकला पन्थीले भनिन, ‘आखिर दुःख पर्दा त आफ्नै मान्छे र आफ्नै वस्तु चाहिने रहेछ जस्तो लाग्यो ।’
पन्थीसहित तम्घास बजारका थुप्रै घर परिवारले घर नजिकैको खाली ठाउँमा वा छतमा दाउराको चुलो बनाएर खाना पकाउन थालेका छन् । ‘जाडोमा आगो ताप्न पनि पाइने, खान पनि पाक्ने किन चाहियो ग्याँस ? के हाम्रा पुर्खाले ग्याँस वालेका थिए र ?’ एक व्यक्ति प्रश्न गर्दै थिए ।
पक्की घरको डेरामा वस्नेहरुले भुसे चुलो र कराई चुलोमा खाना पकाउन सुरु गरेका छन् । तम्घासका होटलवालाहरुले समेत त्यही चुलो प्रयोग गर्न थालेको होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष बुद्ध थापाले बताए । उनले भने, ‘अघिल्लो हप्ता देखि नै दर्जनांै होटलका साथीहरुले ग्याँस नभएर होटल बन्द गर्ने तयारीमा छौं भनेर गुनासो गर्दै हुनुहुन्थ्यो । मैले ग्याँसको मात्रै भर नपरौं ,गाउँ घरे चुलो पनि प्रयोग गरौं भने पछि त्यसै गरिएको छ । ’
तम्घासको देउरालीदेखि उदिनढुङ्गा सम्मका भाडा पसलहरुमा ग्याँस अभावपछि भुसे चुलो र कराई चुलोको बिक्री बढ्दै गएको स्थानीय व्यापारीहरु बताउँछन् । थोरै दाउराले पनि खाना पाक्ने उक्त चुलो तम्घासका प्रायजसो परिवारले प्रयोग गर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण