रातोपाटी समाचार प्रभावः वीरगञ्ज भन्सारको ५० रुपैयाँ घुस काण्डले सशस्त्रमा खैलाबैला, अख्तियार पनि विवरण खोज्दै
वीरगञ्ज– सीमानाकामा ड्यूटीमा खटिएका सशस्त्र प्रहरीले व्यापारीसँग घुस लिने गरेको समाचार रातोपाटीमार्फत सार्वजनिक भएपछि सशस्त्रमा खैलाबैला भएको छ । समाचारबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन थालेपछि ‘सशस्त्र प्रहरी बलको जिल्लादेखि प्रधान कार्यालयसम्म ध्यानाकर्षण भएको छ । वीरगञ्ज नाकामा खटिएका सशस्त्र प्रहरीका जवानले भारततर्फबाट सामान लिएर आउने व्यापारीसँग घुस लिने गरेको पाइएको थियो । देश र जनतालाई प्रत्यक्ष सुरक्षा अनुभूति दिलाउने सशस्त्र प्रहरीका जवानहरु मात्र ५० रुपैयामा बिक्ने गरेको भनी समाचार प्रकाशित भएपछि घुस प्रकरणमा सहभागी सबै प्रहरी कर्मचारीलाई कारवाही गर्न सशस्त्र प्रहरीका डिआइजीदेखि आइजिपीसम्मले गम्भीरताका साथ चासो लिएका हुन् । समाचार सार्वजनिक भएसँगै अख्तियारले मंगलबारै सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तसँग आवश्यक जानकारी उपलब्ध गराउन अख्तियारले निर्देशिन दिएको थियो । अख्त्यिारको निर्देशनपछि वन्तले आफूहरुले यसबारे गम्भीर छानबिन गरेर दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।
सोहि बमोजिम रुद्र बाहिनी पथलैयाका डिआईजी रामशरण पौडयालले मंगलवार राती वीरगंज भन्सार पुगेर भन्सार सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी टोलीसंग सोधपुछ गरेका छन् । डिआईजी पौडयालले रातोपाटी प्रतिनिधि संजय मिश्राको रोहवरमा भन्सार सुरक्षार्थ सशस्त्र प्रहरीका टोली संग सोधबुझ शुरुगरेका हुन् । यस्तै आवश्यक अनुसन्धानका लागि बुधवार बिहान सशस्त्र प्रहरीका जवानदेखि हवलदारसम्मका पाँच जनालाई रुद्र बाहिनी पथलैयामा झिकाइएको डिआईजी पौडयालले बताए । उनले पहिलो चरणमा पाँचजना बाट छानबिन शुरु गरेको र दोषी ठहर भए जो सुकैलाई कार्यवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाए । बाहिनी स्रोतका अनुसार बिरगंज भन्सारको सुरक्षार्थ पोष्टमा हाल कार्यरत सबैजनालाई एक दुइ दिन भित्रै अन्यत्र पठाइने छ । हाल त्यहाँ सशसत्र प्रहरीका डिएसपीको कमाण्डमा ९० जना कार्यरत रहेका छन् । अहिले चलिरहेको आन्दोलनको मौकामा मात्र नभई बिगत देखी नै बिरगंज भन्सारमा कार्यरत सशसत्र प्रहरी तथा नेपाल प्रहरीले ब्यापारी र सर्वसाधारणसँग अबैध रकम असुली गर्ने गरेको पटक पटक गुनासो सुनिदै आएको छ ।
यो पनि पढ्नुहोस
समाचार प्रभावः सीमामा सशस्त्रले घुस लिने गरेकोप्रति अख्तियारको चासो
यस्तो थियो समाचार
प्रहरी र आन्दोलनकारीकै अगाडि वीरगन्ज नाकामा यसरी लाग्छ पेट्रोलको हाटबजार Ground Zero बाट DNN को स्टोरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण