भोक टार्न भारत, फर्किदा एचआइभी
सुर्खेत–दुई–चार रोपनी रुखो जग्गा । खानेपानी कै जोह गर्न कठिन । सिँचाई विनाको रुखो जग्गाको उत्पादनले उनको परिवारलाई दुई महिना पनि पुग्थेन । पाँच जनाको परिवार पाल्नु निकै परिश्रम गर्नु पर्ने । परिवारको भोक टार्न निकै कठिन थियो सुर्खेतका सुर्तेलाई (परिवर्तिन नाम) ।
गरिबीकै कारण भोक टार्न समस्या भएपछि उनको विकल्प एउटा मात्रै थियो । उनी मजदुरीका लागि भारत जान थाले । उनका गाउँका थुप्रै युवाहरु भारतमा श्रमका लागि जान्थे । उनीहरुको पीडा पनि सुर्तेको जस्तै थियो । अधिकांश अधबैसे थिए । अधबैसेहरु समूहमा भारतका विभिन्न ठाउँमा ठेक्कामा काम गर्थे । कहिले काँही ठेकेदार र मुन्सीसंग भनाभन हुँदा विरक्तिदै मदिरा पान गर्थे । गरिबीबाट टाढिन परिवारको भोक टान भारत पुगेका उनीहरु बर्षको एक–दुई पटक मात्रै घर फर्कन्थे ।
घरमै बसेर परिवार पाल्न नसक्ने भएपछि भारत पुगेका सुर्तेले भारतमा पनि सुरुका दिनहरुमा मजदुरी गरी पाँच÷छ हजार कमाउथे । यस्तै समस्या भएका उनी जस्तै नेपाली युवा तथा अधबैसे पुरुषहरुको समूह नै सँगै मजदुरी गर्दथे । साथीभाइहरु जम्काभेट हुँदा सुर्तेले केहिलेकाही साथीहरुको लहलहैमा भारतका विभिन्न स्थानमा रहेका कोटिसम्म पुग्थे । ठेकेदार र मुन्सीसंगको भनाभनले उनीहरुमा मदिरा पान गरेका उनीहरु कोटिसम्म पवुग्थे । यसरी नै वषौं भारतमा बिताएका उनी घरफर्किदा एचआइभिको संक्रमण बोकेर फर्किए । घर फर्केका उनी सुरुमा त भिटिसी केन्द्रमा पनि पुगेनन् । तर केही समयपछि भिसिटि केन्द्रमा रगत परीक्षण गराउँदा उनी र उनीकी श्रीमतिलाई समेत एचआइभी पोजेटिभ देखियो । सुर्ते त एउटा प्रतिनिधी मात्रै हुन् । उनी जस्तै जिल्लाका धेरै व्यक्तिहरु मजदुरीको लागि भारतमा जाने र फर्किदा एचआइभि संक्रमित भएर आउने गरेका छन् । जिल्लामा एचआइभि संक्रमित हुनेहरु सबैभन्दा बढी भारतमा मजदुरी गरी फर्केका र उनीहरुका श्रीमतिहरु रहेको सरोकारवालाहरुको भनाइ छ । एक वर्ष अगाडि जिल्ला एड्स समन्वय समिति, सुर्खेतले पनि संक्रमित भएकाहरु मध्ये सबैभन्दा बढी भारतमा मजदुरी गरी फर्किएका र उनीहरुका श्रीमतिहरु रहेको तथ्याङक सार्वजनिक गरेको थियो । जिल्लामा सन् २००४ देखि हालसम्म पहिचान भएका जम्मा पाँच सय ५१ जना एचआइभि संक्रमितहरु छन । यसमध्ये करिब साढे दुई सय बराबर बैदेशिक रोजगारीबाट फर्किकाहरु रहेको अनुमान गरिएको छ । त्यस्तै झण्डै त्यतीकैको संख्यामा उनीहरुका श्रीमती र सन्तान रहेको बताइएको छ । गृहणिहरुमा श्रीमानकै कारण एचआइभि संक्रमण हुने गरेको छ । सुर्खेतमा अघिल्लो वर्ष ४ सय ५९ जना एचआइभी संक्रमित रहेकोमा यो वर्ष बढेर यो संख्या पाँच सय ५१ पुगेको छ । गत आर्थिक वर्षमा मात्रै सुर्खेतमा ९२ जना नयाँ संक्रमितहरुको पहिचान भएको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका एचआइभि एड्स सम्बन्धी कार्यक्रमका फोकल पर्शन दुर्गा श्रेष्ठले जानकारी दिए । यस अघीको आर्थिक वर्षमा २८ जना मात्रै नयाँ संक्रमित थपिएका थिए । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका अनुसार एचआइभि संक्रमित भएकाहरु मध्ये अहिलेसम्म ३९ जनाको मृत्यु भइसकेको छ । अहिले पनि एचआइभी संक्रमितहरुलाई हेर्ने द«ष्टिकोणमा परिवर्तन आउन नसकेकोले संक्रमितहरु नखुल्ने र मृत्यु बरण गर्न बाध्य हुने गरेका छन् । परिवारको भोक टार्न भारत पुगेर एचआइभि संक्रमित भई मृत्यु हुनुपर्ने बाध्यता सुर्खेतीमा अझै रहेको छ । सुर्खेतबाट अहिले पनि हजारौं युवाहरु गरिबी र भोक टार्न भारत जाने र कुलतमा फस्ने गरेका छन् । यसको पनि विकल्प खोज्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण