धान उत्पादन नौ प्रतिशतले घटेपछि खाद्य संकटको चिन्ता
बुधबार, १६ मङ्सिर २०७२, १२ : ४२
जाजरकोट– यहाँ यस वर्ष धान उत्पादन ९ प्रतिशतले घटेपछि खाद्य संकटको चिन्ता वढेको छ । धान रोप्दा ,वेर्ना वनाउदा पानी नपरेपछि धान उत्पानदमा गिरावट आएको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।
समयमा वर्षात नहुँदा र सिंचाइ असुविधाको कारण धान उत्पादन घटेको बताइएको छ । गत वर्षभन्दा यसपालि धेरै जमिनमा धान खेती गरिए पनि उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयको भनाई छ ।
कार्यालयका बाली संरक्षण अधिकृत मुकेश राम्जालीले यस वर्ष ३ हजार ३ सय ६३ हेक्टर जमिनमा गरिएको धान रोपाइँबाट ५ हजार ५ सय ८० मेट्रिक टन धान उत्पादन भएको बताए । गत वर्ष ३ हजार ६२ हेक्टरमा ६ हजार १ सय ८० मेट्रिक टन टन धान फलेको थियो । जिल्लामा गत वर्ष भन्दा ६ सय मेट्रिक टन कम धान उत्पादन भएको छ । धान उत्पादनमा आएको ह्रासले जिल्लामा खाद्यान्न संकट हुने स्थिति देखिएको छ । जिल्लाका मटेला, दल्ली, कालेगाउँ, कुदु लगाएतका स्थानमा बढी धान उत्पादन हुने गरेको छ ।
जिल्लामा कुल खेतीयोग्य जमिन २५ हजार ३ सय ८४ हेक्टर मध्य ३ हजार ३ सय ६३ हेक्टर जमिनमा मात्र धान खेती गर्ने गरिएको छ । यस वर्ष प्रतिहेक्टरमा १ सय ६५ मेट्रिन टन धान फलेको छ भने गत वर्ष प्रतिहेक्टरमा २ सय १ मेट्रिक टन धान फलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण