शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

होटेलमा साँझ बास बसेका दुई जना मृत अवस्थामा भेटिए

बुधबार, १६ मङ्सिर २०७२, १७ : ३०
बुधबार, १६ मङ्सिर २०७२

दाङ–दाङको तुलसिपुरमा दुई छुट्टाछुट्टै होटेलमा साँझ बास बसेका २ जना मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । नयाँ बसपार्कमा रहेको सृजना गेष्ट हाउसमा बासबसेकी सल्यानको खलङ्गा गाविस ७ निबासी ३२ बर्षकी चीजमाली विक विहान मृतअबस्था भेटिएको इलाका प्रहरीकार्यालय तुलसीपुरका डिएसपी कृष्ण प्रसाईले जानकारी दिए । होटेलको १०४ कोठामा मृत अबस्थाम भेटिएकी विकको साथमा क्षारिय रोगको औषधी फेला परेको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

त्यसैगरी तुलसीपुरको घोराही चोमा रहेको मकालु होटलमा मृतअबस्थामा फेला परेका रुकुम मग्मा ३ बस्ने बर्ष ८१ का नैन सिंह दमाईको शव पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइएको छ । गएको सोमबार कोठा नं १०६ मा बास बसेका दमाई भोलीपल्ट मृत अबस्थामा फेला परेका थिए । यस अघि नयाँबसपार्कका विभिन्न होटेलमा खानाखाएर सुतेका २ जना भोलीपल्ट मृत अबस्थामा भेटिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप