११ बुँदे प्रस्ताव थाहा छैन भन्नेहरुको स्मरणशक्ति कमजोर भएको हुनुपर्छः उपेन्द्र यादव
राजविराज–संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी मोर्चाले सरकार समक्ष ११ बुँदे प्रस्ताव पेश गरिसकेको बताउँदै सोहि प्रस्तावमा केन्द्रित रहेर सरकारले वार्ता गर्नुपर्ने बताएका छन् ।
'अहिले आएर सरकारले नै ११ बुँदे प्रस्तावबारे जानकारी नभएको भन्नु सरकारमा रहेकाहरुको स्मरण शक्ति कमजोर भइसकेको भान हुन्छ’, मधेशी पत्रकार संघ सप्तरीले वुधवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै यादवले भने । उनले आफूहरु ११ बुँदेमै केन्द्रित रहेको र सरकार पनि सो मै केन्द्रित हुनु जरुरी रहेको बताए । मोर्चाले प्रश्तुत गरेको ११ वुँदे माग मध्ये सिमांकनमा हेरफेर, सरकारी सेवामा समानुपातिक र समावेसीता, जनसंख्याको आधारमा प्रतिनिधित्वको ग्यारेण्टि तथा नागरिकता र भाषिक सवालका ५ ओटा बुंदा आफुहरुको वटम लाईन भएको वताउँदै यसमा सरकारको स्पष्ट धारणा आउनुपर्ने उनको भनाई छ । उनले भने–‘अव ढुलमुले चरित्रले होईन, कांग्रेस, एमाले र माओवादीको स्पष्ट धारणा वाहिर आउनुपर्छ ।’
उनले विरामी प्रधानमन्त्रीको विरामी विदेश नीतिले राष्ट्रलाई नै संकटमा पारेको समेत आरोप लगाए । सरकार र सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीको गलत नीतिकै कारण छिमेकी मित्र राष्ट्रहरुसँगको सम्वन्ध विग्रिएको भन्दै उनले राष्ट्र र जनताको हितका लागि सवै मित्र राष्ट्रहरुसँग सन्तुलित सम्वन्ध राख्न सुझाव पनि दिए । ‘हुन त प्रधानमन्त्री विरामी छन्, उनको स्वास्थ्यको लागि हामी पनि कामना गर्छौ । तर प्रधानमन्त्रीको अस्वस्थताको कारणले विदेश नीति र मित्र राष्ट्रहरुसँगको सम्वन्ध विग्रनु हुन्न’, उनले भने, ‘प्रधानमन्त्री विरामी भएर मित्र राष्ट्रहरुसँग विग्रिएको सम्वन्ध दवाई खाएर ठिक हुँदैन, राजतीति सच्याउनु पर्छ ।’
राजा महेन्द्रकै पालामा असफल भईसकेको ‘ब्ल्याकमेलिङ्ग पोलटिक्स’ले राष्ट्रनै संकटमा परेको भन्दै यादवले चिनतिर ढल्किएर भारतलाई ब्ल्याकमेल गर्ने अनि भारततिर ढल्किएर चिनलाई ब्ल्याकमेल गर्ने असफल र महेन्द्रवादी पोल्टिक्स नगर्न सरकारलाई सुझाए ।
मधेशमा जारी आन्दोलनमा भारतलाई फिट्नु (जोड्नु) र चाईना कार्ड प्रयोग गरेर भारतलाई ब्ल्याकमेल गर्नु सरकारको कमजोरी भएको भन्दै उनले यस्तो राजनितिले देश र जनताका लागि भलो नहुने तर्क गरे ।
सरकारको दोहोरो र दोगला चरित्रले मधेश आन्दोलनले निचोड नपाएको भन्दै यादवले एकातर्फ वार्ता गर्ने अनि अर्कोतर्फ विषेश सुरक्षा योजनाका नाममा ‘विशेष दमन योजना’ लागु गर्ने दोगला चरित्रले आन्दोलन अन्त हुनुको सट्टा लम्विदै गएको तर्क गरे ।
उनले मधेशको मुद्दा राजनितिक भएकाले राजनितिक तवरवाटै समाधान खोज्नुपर्ने तर्क गर्दै सरकार दमनमा उत्रिए त्यसको परिणाम गम्भिर हुने चेतावनी पनि दिए । उनले मधेशको भुमि माथि मधेशीको नैसर्गिक अधिकार रहेको चर्चा गर्दै मधेशको भुमि काटेर पहाड र हिमालमा जोडी वर्तमान सत्ताधारी दलले ठुलो गल्ति गरेको दोसारोपण गरे । उनले यसरी अब्यवहारीक सिमांकनको खाका नसच्यासम्म मधेशको आन्दोलन नरोकिने वताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण