शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

आन्दोलन रोक्न चलचित्र नेपाल बन्दै

बुधबार, १६ मङ्सिर २०७२, १४ : ३९
बुधबार, १६ मङ्सिर २०७२

काठमाडौँ– नेपालमा पछिल्लो समय बढ्दै गईरहेको आन्दोलनलाई लिएर यूहानमोसन पिक्चर्सले पुरै देश शान्तिक्षेत्र हुनुपर्ने भन्दै नया लघुचलचित्र “नेपाल– नेभर ईन्स् पिस एण्ड लभ”निर्माण घोषणा गरेको छ । जनक खड्काको कथा , पटकथा, संवाद एवम् निर्देशनमा बन्न लागेको चलचित्र विशुद्ध जनचेतना मुलक हुनेछ । निर्माता सानुखान रहेको चलचित्रमा सह निमार्ता सुमन कोईराला रहनेछन । नेपाली चर्चित सेलिब्रेटीहरुको पनि भुमिका रहने यस चलचित्रमा फिल्म ईन्डस्ट्री बाहिरका सेलिब्रेटिहरुको समेत भुमिका रहनेछ भने छायांकन सुमन कोईरालाले गर्नेछन् । यस्तै चलचित्रको सम्पादन नहकुल खड्काले गर्नेछन् । हालसम्म चलचित्रमा जुनिम गहतराजसहित केकि अधिकारी, शुशिल श्रेष्ठ, हशन खानको अभियन हुने निश्चित भइसकेको यूहानमोसन पिक्चर्सका अध्यक्ष सञ्जीता श्रेष्ठले बताइन् ।

करिव ४५ मीनेट लामो यस चलचित्रले जात, धर्म, बर्ग र क्षेत्र भन्दामाथि देश रहेको र देशलाई स्वार्थमा प्रयोग गर्न नहुने सन्देश दिनेछ । सबै क्षेत्र,जात र धर्मकाकलाकार प्रयोग गर्न लागीएको यस चलचित्रमा अभिनयको लागी युहानमोसन पिक्चर्सले आफ्नो फेसवुक पेज मार्फत पुराना कलाकारहरुलाई समेत अपिल गरेको छ । चलचित्रले नेपालमा हाल भैरहेको आन्दोलनलाई समेत केहि हदसम्म रोक्ने निर्माण पक्षको दावि छ । चलचित्रको छायांकन यहि आईतबारबाट सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप