शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कास्कीमा बाबुरामको नयाँ शक्तिमा ३१८ जना थपिए

बुधबार, १६ मङ्सिर २०७२, १४ : ५२
बुधबार, १६ मङ्सिर २०७२
कास्की–पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा चलिरहेको ‘नयाँ शक्ति निर्माण अभियान’ मा कास्कीबाट तीनसय १८ जना नयाँ अभियन्ता थपिएका छन् । नयाँ शक्ति निर्माण अभियान कास्कीको पोखराको सिर्जनाचोकस्थित कार्यालयमा बुधबार बिहान बसेको बैठक पश्चात् एमाओवादी कास्कीका जिल्ला समिति सदस्य रिम बस्याल सहित तीनसय १८ जना नयाँ अभियन्ता थपिएका हुन् । विभिन्न राजनीतिक तथा सामाजिक संघसंस्थामा आवद्ध ति व्यक्तिहरुले स्वाधिन, समृद्ध र समावेशी मुलुक निर्माणका लागी नयाँ शक्ति जरुरी रहेको निष्कर्ष निकाल्दै अभियानमा लागेको बताइएको छ । एमाओवादी कास्कीका जिल्ला कमिटि सदस्य रिम बस्यालद्वारा हस्ताक्षरित प्रेश विज्ञप्तिमा भनिएको छ–‘नेपालमा रहेका पुराना राजनीतिक दलहरुले श्रमजीवि मजदुरको पक्षमा कुरा मात्र गर्ने तर, कामको नाममा सिन्को नभाँच्ने विडम्बना झेलिरहनुपरेकोले श्रमजीवि, मजदुर र पछाडी पारिएका उत्पीडित समुदायको मनोभावनालाई वैज्ञानिक रुपमा सम्बोधन र विकास गर्न ‘नयाँ शक्ति’ बाट मात्र सम्भव छ भन्ने निष्कर्षसहित हामी नयाँ शक्ति निर्माण अभियानमा लाग्ने निर्णयमा पुगेका हौँ ।’ नेपालमा रहेका पुराना राजनीतिक दलहरुले श्रमजीवि मजदुरको पक्षमा कुरा मात्र गर्ने तर, कामको नाममा सिन्को नभाँच्ने विडम्बना झेलिरहनुपरेको उनीहरुले विज्ञप्ति मार्फत दुखेसो समेत व्यक्त गरेका छन् । श्रमजीवि, मजदुर र पछाडी पारिएका उत्पीडित समुदायको मनोभावनालाई वैज्ञानिक रुपमा सम्बोधन र विकास गर्न ‘नयाँ शक्ति’ बाट मात्र सम्भव छ भन्ने ठहर सहित आफूहरु नयाँ शक्ति निर्माण अभियानमा लागेको नयाँ अभियन्ताले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप