नाकाबन्दी हुनुमा नेपाल र भारत दुबै दोषी छन्ः अशोक मेहता
काठमाडौं– नेपाल मामलामा जानकार मानिएका भारतीय पूर्वमेजर जनरल अशोक मेहता काठमाडौं आएका छन् । नेपाल आएलगत्तै अनौपचारिक भेटवार्तामा सक्रिय रहेका मेहताले नाकाबन्दी हुनुमा नेपाल र भारत दुबै दोषी भएको बताए । बुधबार राजधानीमा नेपाल–भारत सम्बन्धबारे एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जसले नाकाबन्दी गरेको भएपनि अहिले भएको नाकाबन्दी नै हो भन्दै यसो हुनुमा नेपाल र भारत दुबै दोषी भएको बताए ।
उनले नाकाबन्दी तोड्दै आफू नेपाल आइपुगेको भन्दै अब नाका खुलाउन दुबै पक्षले पहल गर्नुपर्नेमा जोड दिए । सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धी यताका सबै महत्वपूर्ण परिवर्तनमा भारतको कुनै न कुनै भुमिका रहेको बताउँदै पछिल्लो परिवर्तनमा समेत भारतको शुभेक्षा आवश्यक भएको उनले बताए ।
पछिल्लो समय नेपालमा भारतविरोधी भावना बढेकोप्रति संकेत गर्दै मेहताले नेपालमा बढी भावनात्मक बहस भइरहेको बताए । नेपालीहरुले भावनामा बहकिएर धारणा बनाउने गरेका कारण समेत समस्या समाधानमा जटिलता थपिने गरेको उनको भनाई छ ।
भारतको सुरक्षा चासोमा कुनै परिवर्तन नभएको भन्दै मेहताले त्यसलाई १९५० को सन्धिका कारण खुला रहेको नेपाल भारत सीमा र चीनलाई जोडेर हेर्नुपर्ने उनको भनाई थियो ।
सो अवसरमा भारतले नेपालको हरेक समस्यामा साथ र सहयोग गर्दै आएपनि सधै आलोचना हुने गरेको समेत मेहताले गुनासो गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण