सिरहामा मानव साङ्लो प्रदर्शन, सरकारविरुद्ध कडा नाराबाजी (फाटो फिचर)
सिरहा–सिरहामा सरकारको विरुद्धमा मानव सांगलो प्रदर्शन गरिएको छ । जारी मधेश आन्दोलनको सम्बोधन गराउन सरकारलाई दवाब दिने उदेश्यले आज बिहान मानव सांगलो प्रदर्शन गरिएको हो । तराई मधेशमा तिन महिना भन्दा बढी समयदेखि आन्दोलन जारी रहेपनि सरकारले मधेशको माग सम्बोधन गर्न नचहेकोले तत्काल माग सम्बोधन गरि समस्याको समाधान गर्न मानब सांगलो प्रदर्शन गरि सरकारलाई ध्यानार्कषण गराइएको बताइएको छ । सिरहाको पश्चिम सिमाना कमला नदि देखि पूर्वी सिमाना बलान नदिसम्म करीब ५७ किलोमिटर राजमार्गमा मानव साङ्लो निर्माण गरिएको थियो ।
मानव साङ्लोमा निजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको साथै शिक्षक, शिक्षिका, क्याम्पस, नर्सिङ क्याम्पस, नागरिक समाज र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता सहभागी भएका थिए । विद्यार्थीहरुले मधेशको माग पुरा गर, वर्तमान सरकार मुर्दाबाद र प्रहरी दमन बन्द गर जस्ता लेखिएका प्लेकार्ड बोकेका थिए । उक्त क्रममा विद्यार्थीहरुले सरकारको बिरुद्धमा कडा नाराबाजी समेत गरेका थिए । संयुक्त मधेशी मोर्चा, प्यावसन, एनप्यावसनको आहबानमा गरिएको मानब सांगलो प्रदर्शनमा हजारौंको सहभागिता रहेको तमसपाका केन्द्रिय महासचिब राम कुमार मंडलले बताए । मानव सागलोमा जिल्लाको मिर्चैया, गोलबजार, धनगढी, बन्दिपुुरका साथै ग्रामिण क्षेत्रका बिद्यालयहरुका बिद्यार्थीसबको समेत सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण