शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

शिवम् उपभोक्ता योजना – शिवम्को साथमा लक्ष्मी छ हातमा

बुधबार, १६ मङ्सिर २०७२, १६ : ४६
बुधबार, १६ मङ्सिर २०७२
काठमाडौं– शिवम् सिमेन्टले उपभोक्ताहरुलाई थप सुविधा दिने उदेश्यका साथ नेपालमै पहिलो पटक उपभोक्ता योजना, “शिवम्को साथमा लक्ष्मी छ हातमा” सार्वजनिक गरेको छ । सो उपभोक्ता योजना अन्र्तगत गा्रहकहरुले प्रत्येक २५ बोराको खरीदमा १० गा्रम चाँदीको सिक्का तुरुन्त पाउने छन् । योजना पहिलो चरणमा काठमाडौँ उपत्यका र हेटाँैडाको लागि लागु गरिएको छ भने योजना २०७२ मंसिर १५ गते देखि २१ गते सम्म काठमाडौँ उपत्यकामा र मंसिर १६ देखि २१ गते सम्म हेटौँडामा लागु रहने कम्पनीले जनाएको छ । सो योजनाबाट ग्राहकहरु प्रत्यक्ष रुपमा थप लाभान्वित हुनुको साथै निर्माण कार्यहरु अगाडि बढाउन पनि प्रोत्साहन मिल्ने कम्पनीको विस्वास छ । ग्राहक योजनाबारे कम्पनीका भाईस प्रेसिडेन्ट सजन देवकोटाले भने, “हालको यस योजना बाट प्राप्त हुने प्रतिक्रिया र उत्साहलाई मध्येनजर गर्दै शिवम् सिमेन्टले भविष्यमा पनि ग्राहकहरुलाई प्रत्यक्ष फाइदा पु¥याउने योजनाहरु लिएर आउने प्रतिबद्घता व्यक्त गर्दछौँ ।” नेपाल भरि नै ग्राहकहरुले रुचाएको ओ.पि.सी. सिमेन्ट हो शिवम सिमेन्ट । । नेपालका केन्द« भाग हेटौडामा अवस्थित उद्योगले अत्याधुनिक जर्मन प्रविधी प्लान्ट बाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तर को क्लिंकर तथा शिवम् ओ. पि.सी. सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप