शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

भारतीय भूमिबाट प्रहरीमाथि पेट्रोल बम प्रहार

बुधबार, १६ मङ्सिर २०७२, १७ : ०१
बुधबार, १६ मङ्सिर २०७२
बाँके– बाँकेको नेपालगञ्जस्थित रुपैडिया नाकामा आन्दोलनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन् । आन्दोलनकारीले भारतीय भूभागबाट प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका हुन् । आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गरेसँगै रुपडिया नाकाक्षेत्रमा अहिले तनाव जारी छ । आज मोटरसाइकललाई प्रदर्शनकारीले लडाएपछि उठाउन पुगेका प्रहरीमाथि भारतीय भूमिबाट पेट्रोल बम प्रहार भएको बताइएको छ । त्यसलगत्तै सुरु भएको झडपमा एक दर्जन प्रर्दशनकारी र केहि प्रहरी सामान्य घाइते भएका छन् । दुई दिनअघि पनि यही नामामा प्रहरी र प्रदर्शनकारीबीच तनाव भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप