ग्लोबल आईएमई बैंकले सुरु गर्यो गाउँबाटै बैंकिङ सेवा
बुधबार, १६ मङ्सिर २०७२, १७ : ११
बैतडी, मंसिर १६– ग्लोबल आईएमई बैंकले जिल्लाको श्रीकोटमा शाखारहित बैकिङ सेवा सुरु गरेको छ ।
गाउँमै बैंकिङ सेवा पाएपछि स्थानीयबासि खुशी भएका छन् । श्रीकोट गाविस–४ खोचल्लेक बजारमा बैंकले आफ्नो सेवा विस्तार गरेको हो ।
“बैंकसम्बन्धी सानोतिनो काम पर्दा समेत सदरमुकाम जानुपथ्र्यो, अव त्यो बाध्यता हटेको छ” श्रीकोट–२ खिरेगाउँका करवीर नाथले भने ।
बैंकले सेवा विस्तार गरेपछि खातामा रकम जम्मा गर्न, झिक्न, रकम थाहा पाउनेलगायत सामान्य कामका लागि सदरमुकाम जानुपर्ने बाध्यताबाट मुक्त भएको स्थानीयवासी सुरेन्द्र भाटको भनाइ छ ।
बैंकका बैतडी शाखा प्रबन्ध निर्देशक राजेन्द्र सिंहले ग्रामीण क्षेत्रका बासिन्दाको मागअनुसार सेवा उपलब्ध गराएको बताउनुभयो । “ग्रामीण क्षेत्रको मर्कालाई बुझेर सेवा विस्तार गरेका हाँै,” उनले भने । ग्लोवल आईएमई बैंकको २०६८ साल असोजदेखि सदरमुकाममा सेवा दिनथालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण