शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

जसले गरे आफ्नो आधा कलेजो दान

बुधबार, १६ मङ्सिर २०७२, १७ : १४
बुधबार, १६ मङ्सिर २०७२
डोल्पा–विश्वमा मानिस जति नै करुणामयी वा दानी भएता पनि अर्काको जीवन बचाउन आफ्नो अङ्गदान गर्ने मान्छे कमै मात्रैमा हुन्छन् । तर डोल्पाका एक युवाले आफ्नो आधा कलेजो दान गरेका छन् । डोल्पाको सदरमुकाम दुनैमा बस्ने चाँद हमालले आफ्ना बुबा अङ्गतकुमार हमाललार्ई पुनः जीवन प्रदान गरेका छन् । पेसाले जिल्ला विकास समितिको इन्जिनियर रहेका हमालको धेरै मदिरापानको कारण आधा कलेजो बिग्रेकाले बुबालाई बचाउन आधा कलेजो दान गरेको चाँद हमालले बताए । नेपालमा उपचार सम्भव नभएपछि भारतको मुम्बईमा रहेको अस्पतालमा सफल कलेजो प्रत्यारोपण गरिएको र अहिले बुबा छोरा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको बिरामीका आफन्तले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप