खेलकुद परिषद्लाई सञ्चारमैत्री बनाउँछु : सदस्य सचिव
काठमाडौं– राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले परिषदलाई सञ्चारमैत्री बनाउने बताएका छन् ।
व्यक्तिगत वेबसाइट ‘केशवविष्ट डट कम’ शुभारम्भ कार्यक्रममा आइतबार सदस्यसचिव विष्टले पत्रकारहरुको सुझावअनुसार सञ्चार संयन्त्रलाई व्यवस्थित गर्दै जाने बताए । ‘सञ्चार संयन्त्रलाई कामकाजी बनाउने प्रयास सुरु गरेको छु,’ उनले भने, ‘मिडियालाई परिषदका सबै सूचना झन्झटमुक्त उपलब्ध गराइनेछ ।’
विष्टले राखेपको वेबसाइटलाई पनि समयानुकुल परिवर्तन गर्दै जाने बताए । उनले संघका सूचनासँगै राष्ट्रियस्तरका खेललाई वेबसाइटबाटै पहुँचको व्यवस्था मिलाइने बताए ।
विष्टको व्यक्तिगत वेबसाइटको दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले शुभारम्भ गरेका थिए । मानन्धरले नयाँ प्रविधिले खेलाडीलाई अन्र्तराष्ट्रियस्तरसम्म चिनाउन सहज भए पनि नेपालमा त्यसको विकास हुन नसकेकोमा चिन्ता व्यक्त गरे । मानन्धरले नेपालका खेलाडीका योगदानलाई अनलाइनमा राखेर अभिलेखिकरण हुन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण