अमरेश सिंह भन्छन्, ‘नाका खुल्न अझै तीन महिना लाग्छ’
काठमाडौं – भारतीय नाकाबन्दी खोल्ने संकेत गरेको खबर प्रकाशमा आइरहेका वेला नेपाली कांग्रेसमा सभासद् अमरेशकुमार सिंहले भने भारतीय नाका पूर्णरुपमा खुल्न अझै तीन महिना लाग्ने बताएका छन् । भारतनिकट नेताको रुपमा चिनिने सिंहले आजको एक दैनिक पत्रिकासँग कुराकानी गर्दै तीन महिनापछि मात्रै शतप्रतिशत नाकाबन्दी खुल्ने बताएका हुन् ।
‘भारतसँग बुझ्दा अहिले सरकार मोर्चासँग छलफल गर्दा शतप्रतिशत नाका खुल्छ भन्ने मलाई लाग्दैन,’ सिंहले भने, ‘सत्तरी प्रतिशत खुल्ला तर तीन महिनापछि शतप्रतिशत नाका खुल्छ ।’ उनले सीमांकन विवाद मिल्न तीन महिना लाग्ने भएकाले नाका खुल्न पनि त्यति नै लाग्ने दाबी गरे ।
सिंहले मोर्चाका नेताहरुलाई भारतले मधेसमा जारी आन्दोलन कसरी समाधान गर्न सकिन्छ भनेर सल्लाह गर्न बोलाएको बताए । ‘तराई मधेसमा जारी आन्दोलन समाधान गर्न सकिन्छ भनेर बोलाइएको हो,’ सिंहले भनेका छन्, ‘सरकारपक्षको कुरा बुझिसकेपछि मोर्चाको धारणा बुझ्न बोलाइएको हो ।’ भारतल सरकारले आन्दोलनकारी र सरकारबीचमा मध्यस्थता गर्न चाहेको सिंहको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण