शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मधेस आन्दोलनबारे प्रधानमन्त्रीलाई कांग्रेसको ज्ञापनपत्र

सोमबार, २१ मङ्सिर २०७२, ११ : ५०
सोमबार, २१ मङ्सिर २०७२
जलेश्वर–नेपाली काँग्रेसको महोत्तरी जिल्ला समितिले आईतवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाए पश्चात पार्टी कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै जिल्ला समिति अध्यक्ष महेन्द्र कुमार रायले मधेशमा विद्यमान समस्याको निकास समयमै ननिकाले देशमा ठुलो दुर्घटना हुन सक्ने बताए । विगत ११४ दिन देखि मधेशका जनताहरु मारमा परेको बताउदै किसान,मजदुर,विद्यार्थी,शिक्षक,कर्मचारी गृहिणी लगातको सवैले समस्या भोग्नु परेकोले यथासिघ्र वार्ता गरि निकास दिन सो विज्ञप्ती मार्फत आग्रह गरिएको छ । मंसिर १५ गते गौशालामा बसेको जिल्ला कार्यसमितिको वैठकमा संसदमा काँग्रेसले दर्ता गराएको संबिधान संसोधन सम्बन्धी जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको पुनरावलोकन,समानुपातिक समावेशीताको आधारमा राज्यको अंग तह र निकायमा प्रतिनिधित्वको व्यवस्था र सुनिश्चितता,पहिचान,भुगोल,संस्कृति लगायतको आधारमा मधेश प्रदशको सिमांकन,भ्रष्टाचार र कालोबजारी लगायतका नियन्त्रण, जारी मधेश आन्दोलनमा विरगति प्राप्त गरेका लाई शहिद घाषणा गर्नु पर्ने,महोत्तरी लाई सुख्खा क्षेत्र घोषणा गर्नुपर्ने र उखु किसानको लागि विशेष व्यवस्था गर्न सो निर्णय गरि सोहि निर्णय ज्ञापनपत्र मार्फत प्रधानमन्त्री समक्ष कार्यान्वयको लागि आग्रह गरिएको छ । साथै नेपाली काँग्रेसले फागुनमा हुने नेपाली काँग्रेसको महाअधिवेशनको लागि सो पुर्व नै गाउ,क्षेत्र र जिल्ला अधिवेशन सकाउनु पर्ने भएपनि मधेश आन्दोलनका कारण अहिले सो सम्भव नभएकोले काँग्रेस जिल्ला समितिले केन्द्रिय सभापतिलाई पत्र पठाउदै सहज वातावरण निर्माणका लागि वार्ता मार्फत मधेशको मांग सम्बोधन गर्न अपिल समेत गरेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप