रोटरी क्लबद्धारा २५ लाख बराबरको सामग्री हस्तान्तरण
धनगढी–रोटरी क्लव अफ धनगढीले सेती अञ्चल अस्पताललाई आइसियुका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ । आज रोटरी क्लवले हस्तान्तरण कार्यक्रमको आयोजना गरी रु. २५ लाख बराबरको सामग्री हस्तान्तरण गरेको हो । क्लबका अध्यक्ष ओम पनेरुले सेती अंचल अस्पतालका मेडिकल सुपरिडेन्टेण्ड डा. गणेशबहादुर सिंहलाई उक्त रकम बराबरका सामग्री हस्तान्तरण गरे ।
ह्स्तान्तरण गरिएका सामग्री बुझ्दै डा. सिंहले रोटरी क्लबले गरेको सहयोगले आफूहरु निकै हर्षित भएको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेंक्षा गरेको बताए । रोटरी क्लबका गर्भनर केशव कुवँरले सेती अंचल अस्पतालमा संचालन हुने आइसियुमा चाहिने सामग्रीको प्रस्ताव तयार गरी क्लबलाई दिए सहयोग गर्न तयार रहेको बताए । रोटरी क्लबले लामो समयदेखि शिक्षा, स्वास्थ्य, वातावरण,सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको कुवँरले बताए । अस्पताललाई आवश्यक पर्ने अल्टा साउण्ड मेसिन, भिडियो एक्सरे लगायतका अति आवश्यक १६ सामग्रीहरु वितरण गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण