शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नवलपरासीमा भारतीय नागरिकमाथि आक्रमण

सोमबार, २१ मङ्सिर २०७२, १५ : ३१
सोमबार, २१ मङ्सिर २०७२

नवलपरासी – अज्ञात समुहको आक्रमणमा परि नवलपरासीको पाल्ही गाविसमा एक भारतीय नागरिक घाईते भएका छन् । आक्रमणबाट भारत उत्तर प्रदेश महराजगञ्ज बर्गदवा स्थायी घर भएका संदिप बर्मा घाइते भएको प्रहरीले जनाएको छ । बर्गदवा नेपालको सीमाक्षेत्र नजिकैको भारतीय गाउँ हो । भारतबाट मोटरसाइकलमा पेट्रोलियम पदार्थ लिएर सदरमुकाम परासी आउदै गरेको बेला बैरहवा र बरमपुरुवाको बीचमा पर्ने पाल्ही गाविसमा रोकी उनिमाथि आक्रमण भएको प्रहरीको भनाई रहेको छ । घाईते बर्मालाई उपचारका लागि गोरखपुर लगिएको पारिवारिक श्रोतले बताएको छ । घाईतेको हात र पिठ्यौंमा गहीरो चोट लागेको बताईएको छ । कतिपयले गोली चलेको आशंका गरे पनि नजिकैका गांउलेले त्यस्तो कुनै आवाज नसुनेको बताएका थिए । गोली चलेको भन्ने हल्ला मात्र भएको बताउदै प्रहरीले घाईतेलाई धारीलो हतीयार प्रहार गरीएको बताएको छ । पाल्ही स्वास्थय केन्द्रमा प्राथमीक उपचार गरी उनलाई थप उपचारको लागी गारेखपुर लगीएको हो । सो समुहले उनलाई अब आयन्दा तेलको तस्करी समेत नगर्न चेतावनी दिएको बताईएको छ । प्रहरीले घटनास्थलबाट भुमिगत मधेशी मुक्ति टाईगर्स , राजन समुहको पर्चा बरामद गरेको छ । पर्चामा मधेशको उन्मुक्तीकालागी हतीयार उठाउनु बाहेका अरु बिकल्प नभएको लगायतका बुंदा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप