शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नयाँ ट्रान्सफर्मर जडान गरिएको भोलीपल्टै हाइभोल्टेज करेन्ट, दुईको मृत्यु, १८ घाइते

बुधबार, २३ मङ्सिर २०७२, १० : २८
बुधबार, २३ मङ्सिर २०७२

काठमाडौं – मकवापुर जिल्लाको पश्चिमी भेगमा पर्ने हाँडीखोला गाविस वडा नं ३ र ४ मा आज बिहान उच्च विद्युत् प्रवाह हुँदा दुई महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।

हाँडीखोला गाविस–४ बस्ने १७ वर्षीया शर्मिला डिमडुङ लामा र ७० वर्षीया ठूलीमाया मोक्तानको करेन्ट लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी उच्च विद्युत् प्रवाह हुँदा सोही गाविसको ३ र ४ वडाका १८ जना घाइते भएका छन् । उनीहरुको हेटाँैडा अस्पतालमा उपचार भइरहेको छ । अहिले घटनास्थलतर्फ जिल्ला प्रशासन, जिल्ला प्रहरी, विद्युत् प्राधिरण र स्थानीय राजनीतिक दलको प्रतिनिधि गइसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले जानकारी दिए । सो स्थानमा हिजो मात्र नयाँ ट्रान्सफर्मर जडान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप