शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

भ्रष्टाचार विरोधी अभियन्ता डडेल्धुरामा

बुधबार, २३ मङ्सिर २०७२, १० : ५५
बुधबार, २३ मङ्सिर २०७२
भीमदत्तनगर–भ्रष्टाचार विरोधी अभियन्ता शारदा भुसाल भ्रष्टाचार विरोधी विशेष अनुसन्धानका लागि सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा पुगेकी छन् । लामो समयदेखि भ्रष्टाचार न्यूनीकरण गर्नका लागि अनुसन्धान गर्दै आएका भुुसालले डडेल्धुराको समैजी गाविसबाट भ्रष्टाचार विरोधी अभियान थाल्ने जानकारी दिएका छन् । अमेरिकामा बस्दै आएका डडेल्धुराका भक्त साउदको आर्थिक सहयोगमा डडेल्धुरामा उनले अनुसन्धान गर्न लागेका हुन् । जिल्लास्तरीय अभिमुखीकारण कार्यक्रमको आयोजना गरेर सुरु हुने कार्यक्रम दुई वर्षसम्म डडेल्धुरामा लागू हुने बताइएको छ । उनले डडेल्धुराका हरेक कार्यालयको आर्थिक कारोबार र आर्थिक प्रतिवेदनसमेत अध्ययन गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप