त्रासका कारण चलेनन् विद्यालयका बस
मोरङ– संयुक्त मधेसी मोर्चाको बन्दका कारण विद्यालयका बसहरू चल्न सकेका छैनन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन मोरङ अध्यक्ष टीकाराम ढकालका अनुसार लामो समयसम्म प्रभावित बनेका शैक्षिक संस्थाहरू खुले पनि मोर्चाले तोडफोड गर्ने डरले विद्यालयका बसहरू सञ्चालनमा आउन नसकेका हुन् । जसले गर्दा अभिभावकहरू दोहोरो मारमा परेका छन् ।
यही मङ्सिर ४ गते यता विद्यालय सञ्चालनमा आए पनि विद्यालयका बस मोर्चाको त्रासले अझै सञ्चालनमा आउन नसकेका हुन् । गत साउन २८ गतेदेखि यता बन्द भएका शैक्षिक संस्थालाई मङ्सिर ४ गतेदेखि बिहानी सत्रमा खोल्न मोर्चाले स्वीकृति दिएको थियो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन मोरङ अध्यक्ष टीकाराम ढकाल भन्छन्, “यहाँका आन्दोलनरत साथीहरू आन्दोलनमा घुसपैठ हुने भन्दै मान्नु भएन ।” तोडफोड भए आन्दोलनकारीले जिम्मा नलिने भनेपछि बस सञ्चालन गर्न नसकेको ढकाल बताउँछन् ।
बस सञ्चालन गर्न खोज्दा प्रशासनले तेल उपलब्ध नगराएको उनले बताए ।
अनिश्चितकालीन बन्दको त्रासले गर्दा बस सञ्चालन गर्न नसकेको नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन एनप्याब्सन मोरङ अध्यक्ष राजन छाराहाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण