शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अन्नबालीसँग स्याउ साट्दै डोल्पाली किसान

बुधबार, २३ मङ्सिर २०७२, १२ : १८
बुधबार, २३ मङ्सिर २०७२

डोल्पा–डोल्पा र जुम्ला कर्णालीकै धेरै परिमाणमा र स्वादिष्ट स्याउ उत्पादन हुने जिल्लाकोे रुपमा चिनिन्छ । डोल्पामा पनि राम्रो स्याउ उत्पादन हुने भएतापनि डोल्पासम्म सडक सञ्जाल नजोडिएकाले हरेकबर्ष लाखौँ मुल्य बराबरको स्याउ घरमै कुहिने गर्दछ । जिल्ला कृषि बिकास कार्यालयको तथ्याङ्क अनुसार डोल्पामा उत्पादन गरीएको जम्मा स्याउ मध्ये तिस प्रतिशतमात्र बिक्रिबितरण गरीन्छ,बाँकी सबै बजारको अभाबमा घरमै थन्किने र अधिकासं कुहिने गर्दछ । डोल्पामा यस बर्ष उत्पादन गरीएको अधिकासं स्याउ कृषकहरुले बेच्न पाएनन् । स्याउ बजार सम्म पु¥याउनकोलागि यातायातको सुबिधा नभएकाले भरीया लगाएर बजार सम्म पु¥याउन महगाेंपर्ने भएकाले स्याउ अहिले सम्मपनि घरमै थन्किएको स्थानिय कृषकहरुले बताएका छन् । डोल्पामा उत्पादन गरीएको डोल्पालि स्थानिय जातको स्याउ बिक्रि नभएपछि सुँ,त्रिपुराकोट,जुफाल, लिकु, माझफाल,दुनै लगायतका गाबिसका स्याउ कृषकहरु चिन्तित भएका छन् । कार्तिक महिनामा भित्र्याएको स्थानिय जातको स्याउ सडक यातायातको अभाबका कारण बजार सम्म लिन नपाईने र घरमै स्याउ किन्न नआउने भएकाले स्याउ घरमै थन्किएको सुँ गाबिसस्थित रङ्गका स्याउ कृषकहरुले बताए । डोल्पामा यातायातको मुख्य साधनको नाममा एकमात्र जुफाल बिमानस्थल भएकाले हवाई सेवा नियमित नहुनुका साथै हवाई मार्ग मार्फत स्याउ ढुवानिगर्दा मंहगो पर्ने भएकालेपनि स्याउ बजारसम्म पु¥याउन नसकिने कृषकहरुले बताए । ढुवानिको अर्को बिकल्पको रुपमा रहेको खच्चडबाट स्याउ ढुवानि गर्दा थिचिने,मिचिने कारणले स्याउ बाटोमै कुहिने भएकालेपनि डोल्पामा सडक संजालको बिकल्प नहुँदासम्म डोल्पालि स्याउ घरमै कुहिने समस्या कृषकहरुको जस्ताको तस्तै रहने उनिहरुले बताए । यसरी उत्पादन गरीएको स्याउ जाजरकोट,रुकुम,सल्यान लगाएतका जिल्लाहरुबाट आएका ब्यापारीहरुले केही मात्रामा किन्ने गरेकाले त्यसबाट केहि आयआर्जन गर्ने गरेको कृषकहरुले बताए । यसरी डोल्पामा उत्पादन गरीएका लाखौं  बराबरको स्याउ घरमै थन्किएपछि स्याउ कृषकहरुले स्याउसंग अन्नबालीहरु साट्न थालेका छन । स्याउ घरमै कुहिनुभन्दा धान,मकै लगायतक अन्नबालि पाईने आसामा स्याउ संग साट्न बाध्य भएको स्याउ कृषकहरुको भनाई रहेको छ । स्याउ कृषकहरुका अनुसार एक पाथि धान बराबर चालिस दाना स्याउ साटिन्छ । । बजार नभएकाले स्याउ अन्नबालि संग साट्न बाध्य भएको स्थानिय स्याउ कृषक पुर्ण बुढाले बताए । डोल्पामा यातायातको पहुँचमात्र पुग्नेहो भने डोल्पालिहरुले स्याउ मात्रै बेचेर लाखौ आम्दानि गर्न सकिने उनको भनाई छ ।

उनका अनुसार अन्नबालीसंट साटेर बँचेका स्याउ उधारोमा स्याउको रक्सी बनाउने उद्योगहरुदाई बिक्रि गर्नुपर्ने बाध्यता रहेको छ । डोल्पालि स्याउ नेपालगञ्ज,सुर्खेत,दाङ लगायतका सहरमा लिइने हो भने प्रतिकिलो एकसय पचास देखि दुईसयमा बिक्रि बितरणगर्न सकिने बुढाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप