शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँक्रेविहारको जंगलमा युवतीमाथि सामुहिक बलात्कार, तीन जना पक्राउ

बुधबार, २३ मङ्सिर २०७२, १५ : २६
बुधबार, २३ मङ्सिर २०७२

जाजरकोट– यहाँको तरङ्गा गाविस वडा ५ घर भएकी एक १८ वर्षिया एक युवतीमाथि वलत्कार गरेको अभियोगमा सुर्खेत वीरेन्द्रनगरका तीन जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । आईतवार सुर्खेत बसपार्कबाट जीपको टिकट काटेर घर जान लागेकी ति युवतीलाई तीन जना युवाहरुको एक समूहले घर पुर्याइदिने भन्दै जबर्जस्ती मोटरसाइकलमा राखेको र काँक्रेविहारको जंगलमा लगेर सामुहिक बलात्कार गरेको रहस्य खुलेपछि उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई काँक्रेविहारको जंगलमा बलात्कार गरेपछि पिडीत युवतीलाई पुनः सुर्खेत वीरेन्द्रनगर–१ मा रहेको कृष्ण सामुदायिक वनमा लगेर बलात्कार गरेर भागेका थिए । पिडीत युवतीले किटानी जाहेरी दिएपछि बलात्कारमा संलग्न तीनै जनालाई वुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बलात्कारको आरोपमा वीरेन्द्रनगर–१ का ३० वर्षिय टोपबहादुर गुरुङ्ग, ३१ वर्षिय विनोद जिसी र ३१ वर्षकै शेरबहादुर केसीलाई पक्राउ गरिएको छ ।

बलात्कार गरेर फरार रहेका उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतमा सामुहिक रुपमा जबर्जस्ती करणी गरेको शिर्षकमा मुद्दा दर्ता गरिएको सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी बहादुरजंग मल्लले जानकारी दिए । उनका अनुसार घटनाको बारेमा थप अनुसन्धान गर्नका लागि अदालतबाट म्याद थप गरेर तीनै जनालाई हिरासतमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप